भारतका विभिन्न ठाउँमा फाइलियो बर्ड फ्लू !

राजस्थान, केराला, मध्य प्रदेश र हिमाचल प्रदेशमा बर्ड फ्लूको विभिन्न मामला देखा परेको छ। हिमाचल प्रदेशको कांगरा जिल्लाको पोंग बाँध ताल क्षेत्रमा मृ-त अवस्थामा फेला परेका केहि प्रवासी चराहरूमा अधिकारीहरूले बर्ड फ्लूको पुष्टि गरेका छन्। राजस्थानमा पनि थुप्रै जिल्लामा चराहरू मर्न थालेका छन्। सोमबार राज्यका विभिन्न जिल्लामा १७० भन्दा बढी चराहरूको मृ-त्यु भएको छ। पशुपालन विभागका अनुसार राज्यमा ४२५ भन्दा बढी काग, बकुल्ला र अन्य चराहरू मरिसकेका छन्।

भोपालको राष्ट्रिय उच्च सुरक्षा पशु संस्थानमा परीक्षणका लागि पठाइएको झालावारका चराहरूको नमूनामा बर्ड फ्लूको पुष्टि भएको र अन्य जिल्लाका चरा नमूनाहरूको नतिजा आउन बाँकी रहेको बताइएको छ। केरालाको कोट्टायम र अलाप्पुझा जिल्लाका केहि भागमा पनि बर्ड फ्लूको प्रकोप देखिएको छ, जसका कारण प्रशासनले प्रभावित क्षेत्र र एक किलोमिटर वरपरका परिधिमा हाँस, कुखुरा र अन्य घरेलु चराहरूलाई मार्ने आदेश दिएको छ।

अधिकारीहरूले भने कि H5N8 भाइरसको संक्रमण रोक्न करिब ४० हजार चराहरूलाई मा-र्नुपर्ने भएको छ। कोट्टायम जिल्ला प्रशासनका अनुसार स्लिपुरको हाँस पालन केन्द्रमा बर्ड फ्लू पत्ता लागेको छ र त्यहाँ करिब १५०० हाँसको मृ-त्यु भएको छ। बर्ड फ्लू अत्यधिक संक्रामक रोग हो र H5N1 भाइरसको कारण यसले चराहरूको श्वासप्रणालीलाई असर गर्दछ। मानव पनि यसको संक्रमित हुन सक्छन्।

मध्य प्रदेशमा बर्ड फ्लूको खतरा, अलर्ट जारी 

राज्यको धेरै भागहरूमा गत १० दिनमा ठूलो संख्यामा कागहरु म’रेका छन्। पशुपालन मन्त्री प्रेमसिंह पटेलको निर्देशनमा राज्यमा कागको मृ-त्युलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अलर्ट जारी गरिएको छ।

राजस्थानमा बर्ड फ्लूको प्रकोप पुष्टि भएपछि मात्र राज्यको ६ जिल्लामा १४० भन्दा बढी पन्छीको मृ-त्यु भइसकेको छ। गत एक हप्तामा राजस्थानमा जम्मा ५२२ चराहरू म’रेका छन्। जसमध्ये ४७१ कौवा थिए।

प्रकाशित : मङ्गलबार, पुष २१, २०७७१४:५०

“अधिकांश बार्सिलोना समर्थक नेयमार फिर्तीको विरुद्धमा”