दैनिक २० सेकेन्ड गर्नुहोस् यस्तो व्यायाम, चार हप्तामै पाउनुहुनेछ नतिजा ! [तरिका सहित]

वजन कम गर्न र शरीरलाई आकारमा लेराउनको लागि व्यायामलाई सबैभन्दा प्रभावकारी तरीका मानिन्छ। तर आजको व्यस्त जीवनमा कतिपय मानिसलाई व्यायाम गर्ने पनि समय हुँदैन। यस्तोमा मोटोपना तपाईंको ठूलो समस्या हुनसक्छ र तौल घटाउनु ठूलो चुनौती हुनसक्छ।

यदि तपाईंले दैनिक रूपमा २० सेकेन्डको एक व्यायामले मात्र ४ हप्ता भित्रनै तपाईं आफ्नो शरीर आकारमा ल्याउन सफल हुनुहुनेछ। प्लान्कको साथ शरीरलाई २० सेकेन्डको लागि विशेष स्थितिमा राख्नाले यसले तपाईंलाई छिटो तौल घटाउन मद्दत गर्दछ।

यसको उत्तम पक्ष भनेको यो हो कि तपाईले यसको लागि धेरै समय दिनु पर्दैन न त धेरै मेहनत नै गर्नुपर्छ। तपाईं यो घरको कुनै पनि कुनामा सजिलैसँग गर्न सक्नुहुन्छ र यसको लागि तपाईंलाई कुनै विशेष व्यायाम मेशीन वा उपकरणको आवश्यक पनि पर्दैन। यो व्यायाम गर्नको निकै सजिलो छ। तपाईं यो तल देखिएको भिडियो हेरेर सजिलैसँग गर्न सक्नुहुन्छ।

तौल घटाउनुका साथै यसले हाड-जोर्नीहरूसँग सम्बन्धित थप रोगहरू पनि निको पार्छ, मेरुदण्डलाई सुदृढ बनाउँछ जसले तपाईंलाई कम्मर दुखाइबाट जोगाउन मद्दत गर्दछ।

लामो सास लिएर यो सुरु गर्नुहोस् र एउटा कुरा ध्यानमा राख्नुहोस् कि तपाईंको घुँडा र खुट्टाका औंलाहरू एउटै र सिधा रेखामा हुनुपर्दछ। एकचोटि तपाईंले यो आसन राम्रोसँग गर्न सिकिसकेपछि तपाईंलाई २० सेकेन्डको लागि यो आसनमा रहन गाह्रो हुँदैन। पहिलो दिनमा २० सेकेन्डको लागि सुरू गरेर, बिस्तारै यसको समय बढाउनुहोस्। यस्तोमा चौथो हप्तासम्ममा तपाईं ४ मिनेटको लागि यो आसन गर्न सक्नुहुनेछ।

प्रकाशित : मङ्गलबार, पुष २१, २०७७१९:०४

कोरोनाको नयाँ स्ट्रेन ज्यादा संक्रामकका साथै बढी खतरनाक पनि ?