पौडी खेल्ने क्रममा डुबेर सिड्नीमा एक नेपाली विद्यार्थीको मृत्यु !

काठमाडौँ – अस्ट्रेलियाको सिड्नी बस्दै आएका एक नेपालीको निधन भएको छ।

सिड्नी नजिकैको एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोमबार एक नेपालीको निधन भएको हो। निधन हुनेमा झापा घर भएका सचित विमली रहेका छन्। २७ वर्षीय विमली दिदीसँगै सिड्नीको अर्वनमा बसोबास गर्दै आएका थिए।

उनी सोमबार साथीहरूसँंग वाटामोल्ला पार्क घुम्न गएको र पौडी खेल्नेक्रममा उनी डुबेको बताइएको छ। डुबेर बेपत्ता भएका उनी सोमबार नै मृत अवस्थामा फेला परेको अस्ट्रेलियाली टेलिभिजन च्यानल नाइन न्युजले जनाएको छ।

नाइन न्युजका अनुसार सिड्नीमै बस्ने बिमलीकी दिदीलाई भाइ घुम्न गएको थाहा थिएन। प्रहरीले खबर गरेपछि मात्रै उनले भाइ घुम्न गएको थाहा पाएको बताइएको छ।

बिमली सन् २०१९ को जुलाइमा मात्र अस्ट्रेलिया पुगेका थिए। उनी त्यहाँको मक्वारी विश्वविद्यालयमा आइटी अन्तर्गत मास्टर्स डिग्री अध्ययन गर्दै थिए।

प्रकाशित : मङ्गलबार, पुष २१, २०७७१८:१०

सडक बत्ती जडान गर्न पोल चढेका रामकुमार पोलबाटै बिदा भए …