तोकिएकै मितिमा निर्वाचन हुने पोखरेलको दावी, सूर्य पनि आफ्नै हुने जिकिर !

काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने दावी गरेका छन्।

बुधबार सिन्धुलिमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता कार्यकर्तासँग भेटघाट गर्दै पोखरेलले आगामी बैशाखमा चुनाव भएरै छाड्ने दावी गरेका हुन्।

धनुषा हुँदै रामेछाप जाने क्रममा बुधवार सिन्धुलीमाढीमा ओली समूहका नेता कार्यकर्ता माझ पोखरेलले घोषणा गरिएकै मितिमा मध्यावधि चुनाव हुने दावी गरे।

पोखरेलले निर्वाचनको तयारी शुरु भइसकेको पनि जानकारी दिए। ओलीले निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोग र ४ वटै सुरक्षा निकाय निर्वाचनको तयारीमा जुटिसकेको उनको भनाई छ।

प्रधानमन्त्री ताजा जनादेशका लागि जनतासामु जान चाहेको र निर्वाचनको मिति घोषणा भएसँगै तयारीमा जुटिसकेको भदै कार्यकर्ताहरुलाई पनि तयारीमा जुट्न उनले आग्रह गरे।

“प्रधानमन्त्री ताजा जनादेशका लागि जनतासामु जान चाहनुभएको छ, बैशाख १७ र २७ गतेका लागि निर्वाचन मिति पनि घोषणा भएको छ, मिति घोषणालगत्तै प्रधानमन्त्रीले ४ वटै सुरक्षा निकाय र निर्वाचन आयोगसँम छलफल गर्नुभएको छ, उहाँहरू पूर्णरूपमा चुनावी तयारीमा लागिसक्नु भएको छ, निर्वाचनमा जे जे परिणाम आउँछ, त्यो स्वीकार गर्दै अघि बढ्नुपर्छ।”,उनले भने।

यस्तै पोखरेलले सूर्य चिन्ह आफूहरुकै हुने पनि बताएका छन्। आगामी निर्वाचनमा नेकपा सूर्य चिन्ह लिएरै चुनाव लड्ने उनले बताए। ओली भएको ठाउँमा नेकपा हुने र नेकपा भएको ठाउँमा सूर्य चिन्ह हुने उनको भनाई छ।

“जहाँ केपी ओली-त्यहाँ नेकपा, जहाँ नेकपा-त्यहाँ सूर्य चिन्ह!”,उनले भने।

प्रकाशित : बुधबार, पुष २२, २०७७१०:४९

संसद विघटनको मुद्दामाथि बहस चल्दै गर्दा बाबुरामले भने – “अरू बाटो रोज्न नपरोस्!”