घरमा झगडा भइरहन्छ ? यस्तो हुनसक्छ कारण, जान्नुहोस् यसका उपायका बारेमा !

केतु ग्रहको अशुभ प्रभावका कारण मानिसको व्यवहारमा विकार आउन थाल्छ, तीव्र अभिलाषाको कारण, व्यक्ति दुराचार जस्तै कुव्यवहारतिर उन्मुख हुन्छ। त्यस्तै, गर्भपात, पत्थरी, गुप्त र असाध्य रोगहरू, खोकी, चिसो, पाचन रोग आदि हुने सम्भावना हुन्छ।

केतु ग्रहको अशुभ प्रभावका कारण मानिसको जीवनमा मुद्दा चल्ने. झगडा हुने, वैवाहिक जीवनमा समस्या आउने सम्भावनाका साथै बुबासँग मतभेद हुनसक्छ। जन्मकुण्डलीमा लग्न, षष्ठम, अष्ठम तथा एकादश भावमा केतुको स्थिति अशुभ मानिन्छ।

यसको कारण परिवारमा झै-झगडा, मदभेद, मनमुटाव आदि हुन्छ। तर केहि यस्ता उपाय छन् जसको प्रेयोगले केतुको अशुभ प्रभावलाई कम गर्न सकिन्छ।

उपाय

  • केतुको अशुभ प्रभावबाट बच्नको लागि रातो चन्दनको माला अभिमंत्रित गरेर शुक्लपक्षको पहिलो मंगलबार धारण गर्नुपर्छ।

  • शुक्लपक्षको पहिलो मंगलवार नीलो धागोमा अभिमंत्रित अस्वगन्धको जरा लगाएर केतु ग्रहको अशुभ प्रभाव कम गर्न सकिन्छ।
  • केतु ग्रहको शान्तिका लागि तिल, कालो फूल, कालो कपडा, उडुको कालो दाल, फलाम, कालो छाता आदि दान गर्न सकिन्छ। यसो गर्नाले लाभ मिल्नेछ।

  • जन्मकुण्डलीमा केतु दोष रहेकाले भगवान शिव जीको पूजा- आराधना गर्नु पनि लाभदायक हुन्छ।
प्रकाशित : बुधबार, पुष २२, २०७७१७:१९

माघे संक्रान्तिको दिन गर्नुहोस् यी मन्त्रको जप, मिल्नेछ लाभ नै लाभ !