यी ५ कारणले अवैध सम्बन्ध बनाउँछन् मानिस !

हामी सबैलाई थाहा छ कि बलियो सम्बन्ध राख्नको लागि यसमा प्रेम र विश्वास हुनु अत्यन्त महत्त्वपूर्ण हुन्छ। यी सबैको बावजुद अचानक यस्तो के हुन्छ कि मान्छे आफ्नो पार्टनर छोडेर अर्को व्यक्तितर्फ आकर्षित हुन थाल्छ। यसका पाँच महत्वपूर्ण कारणहरू बारे थाहा पाउनुहोस्।

विगत

कुनै पनि व्यक्ति अर्कै व्यक्तिप्रति तब आकर्षित हुन्छ जब उसले आफ्नो ईच्छा बिना विवाह गर्नु परेको हुन्छ। यस्तो अवस्थामा महिला वा पुरूष कसैले पनि आफ्नो पहिलो प्रेम कहिल्यै बिर्सदैनन् र उनीहरूको विगतमा झुकाव महसुस गर्छन्।

असन्तुष्टि

आफ्नो साथीबाट प्रेम र समयको अभावको कारण मानिसहरू उक्त सम्बन्धमा वाक्क भइसकेका हुन्छन्। यस्तोमा, यदि कुनै अर्को व्यक्तिले उनीहरुको ख्याल राख्न वा ध्यान दिन थाल्छ भने उनीहरू उक्त मानिसतर्फ आकर्षित हुन थाल्छन्। जसको कारण अवैध प्रेम सम्बन्ध बन्न जान्छ।

भावनात्मक रूपमा एक्लोपन

कुनै पनि सम्बन्धको शक्ति उक्त सम्बन्धको भावनात्मक पक्षमा निर्भर हुन्छ। यदि कुनै व्यक्ति आफ्नी श्रीमतीलाई समय दिदैन वा श्रीमतीले उनीसँग राम्रोसँग कुराकानी गर्दैन भने यसको मतलब उक्त सम्बन्धमा कुनै पनि भावनात्मक जडान हुँदैन। यस्तोमा अवैध सम्बन्ध हुनु कुनै नौलो कुरा होइन।

बदला

कतिपय मानिस आफ्नो पार्टनरले गरेको अनादारको बदला लिनको लागि पनि अन्य सम्बन्धमा हुन सक्छन्।

आवश्यकता

प्राय: मानिस आफ्नो पार्टनरले शारीरिक, मानसिक तथा भावनात्मक आवश्यकता पूरा गर्न नसक्दा अन्य सम्बन्धमा बस्न तयार हुन्छन्।

प्रकाशित : बुधबार, पुष २२, २०७७१७:१८

सूर्यास्तपछि भुलेर पनि कसैलाई नदिनुहोस् यी ३ चिज, अन्यथा भइएला कंगाल !