सुनको मूल्यमा भारी गिरावट, कति ?

बुधबार करिब दुई महिनाकै महँगो भएको सुनको मूल्य बिहिबार भने ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैंयाले घटेको छ।

बिहिबारको भारी गिरावटसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस अगाडी मंगलबार १ हजार १ सय रुपैंयाले बढेको सुनको भाउ बुधबार पनि ३ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा सामान्य गिरावट

बिहिबार चाँदीको मूल्यमा सामान्य मात्र गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा १० रुपैंयाले घटेर १ हजार ३ सय ३० कायम भएको छ।

प्रकाशित : बिहिबार, पुष २३, २०७७११:११

दोहोरो अंकले बढ्यो नेप्से !