ओलीको कार्यशैलीकै कारण सबै बिग्रेको हो, म उहाँको कटु आलोचक हुँ: वामदेव गौतम

राष्ट्रिय सभाका संसद वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीकै कारण नेकपा विभाजन भएको र आफू ओलीको कटु आलोचक भएको बताएका छन्।

बिहिबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै सांसद गौतमले प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपमा विवाद उत्पन्न भएको आरोप लगाए। गौतमले आफूले समेत धेरैपटक सम्झाएको र सुझाव दिएता पनि ओलीले त्यसलाई बेवास्ता गर्दा अहिले यस्तो परिस्थिति उत्पन्न भएको जिकिर गरे।

“म प्रधानमन्त्रीको कटु आलोचक हुँ। उहाँकै कार्यशैलीको कारण अहिले पार्टीमा विवाद उत्पन्न भएको हो।” गौतमले भने,”मैले उहाँलाई आफ्नो शिली सुधार गर्नु भनेर धेरै पटक सुझाव दिएँ। कति ग्रहण गर्नु भो, कति भएन।”

प्रधानमन्त्री ओलीले अहिलेपनि आफूसँग मित्रवत नै व्यवहार गर्ने भन्दै प्रतिनिधिसभा विघटन गर्दा आफूलाई पत्तो नै नदिएको उनको भनाइ छ।

प्रकाशित : बिहिबार, पुष २३, २०७७१३:४६

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः डा रिजाल