राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको र त्यस्ता व्यक्तिलाई प्रधानमन्त्री कसरी भन्ने भन्दै प्रश्न उठेका छन्।
बिहिबार राष्ट्रियसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका ओलीको मानसिक सन्तुलनको बारेमा समेत प्रश्न उठाएका हुन्। “एउटा देशको प्रधामन्त्री हुनको लागि युग्यता आवश्यक हुन्छ। पहिलो प्रतिनिधिसभाको सदस्य हुनुपर्छ, दोस्रो बहुमत हुनुपर्छ र मानसिक सन्तुलन पनि ठिक हुनपर्छ” उनले भने।
“प्रधानमन्त्री जी अहिले न प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ न उहाँको पक्षमा बहुमत छ, कसरी उहाँलाई प्रधानमन्त्री भन्ने ?” रायमाझीले प्रश्न गरे। उनले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको समेत जिकिर गरे। असंवैधानिक काम गर्ने मानिस पनि राष्ट्रको प्रधानमन्त्री हुन्छ र ? उनले भने।
चुनाव हारेका मानिसलाई मन्त्री बनाएर ओलीले संविधानको खिल्ली उडाउको उनको भनाइ छ। “प्रधानमन्त्रीले चाई संविधान पालना नगरे पनि हुन्छ। हिटलर हो कि के उहाँ ? जे मन लाग्यो त्यही गर्ने ? ओली मात्र नभएर सारा कम्युनिस्ट पार्टी दोषी छ,” उनले भने।