यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् ।
राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो । ना३ख २०५ नंको गोलिया बोकेको ट्रक पाँचथरको रविबाट दमक झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
ट्रक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हाल ट्रक चालक ताप्लेजुङ मेले गाउँपालिका–१ का २० वर्षीय प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेका छन् ।
रमा आ-गला-गी हुँदा पाँच लाखको क्षति
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को याङ्चुको एक घरमा आ-गलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । बिहीबार याङ्चु गाउँका तुला सुनारको घरमा आ-गला-गी भएको हो । आ-गला-गीको कारण थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
आ-गला-गीबाट सुनारको एकतले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री नष्ट भएको छ । आ-गला-गी भएको सोही घरमा किराना पसल रहेको हुँदा पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।
खार्पुनाथ प्रहरी चौकीका पाँच जनाको टोली र स्थानीयवासीले आगो निभाएको प्रहरी जनाएको छ । आ-गला-गीबाट घर जलेर नष्ट भएको छ भने अन्य मानवीय र पशुचौपायको कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । हुम्लामा पछिल्लो समय आ-गला-गीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।