भोलि सफला एकादशी, यसरी राख्नुहोस् व्रत, पूरा हुनेछ हरेक मनोकामना !

सफला एकादशी भोलि परेको छ। हिन्दू पात्रो अनुसार प्रत्येक वर्ष सफला एकादशी व्रत पुष महिना कृष्ण पक्षको दिन राखिन्छ। धार्मिक मान्यता अनुसार जसले सफला एकादशीको व्रत राख्छ, उसको हरेको मनोकामना पूरा हुन्छ। सफला एकादशीको व्रत भगवान विष्णुको लागि राखिन्छ। यस दिन विधिवत रूपमा भगवान विष्णुको पूजा गरिन्छ। जान्नुहोस् सफला एकादशी व्रत विधि, मुहूर्ता र महत्त्वको बारेमा….

सफला एकादशी मुहूर्त 

एकादशी तिथि सुरू: जनावरी ८, साँझ ९:५५ बाट

एकादशी तिथि समाप्ति: जनावरी ९, साँझ ७:३२  बजे

व्रत विधि 

  • सफला एकादशीको दिन बिहान सूर्योदय हुनुभन्दा अघि स्नान गर्नुहोस् र सूर्य देवतालाई जल अर्पण गर्नुहोस्।
  • त्यस पछि उपवासको संकल्प लिनुहोस्।
  • बिहान भगवान अच्युताको पूजा गर्नुहोस्।
  • भगवानलाई धूप, बत्ती, फलफूल र पंचामृत आदि अर्पण गर्नुहोस्।
  • भगवान अच्युतलाई नरिवल, सुपारी, अमला, अनार र ल्वांग आदि अर्पण गर्नुहोस्।
  • रात्रि जागरण गरेर श्री हरिको नाममा भजन गर्नुहोस्।
  • अर्को दिन द्वादशीमा व्रत समाप्ति गर्नुहोस्।
  • गरीब र ब्राह्मणलाई भोजन गराउनुहोस् र उनीहरुलाई दान दिनुहोस्।

सफला एकादशीको महत्व 

सफला एकादशी व्रतको महत्व पद्म पुराणमा पनि वर्णन गरिएको छ। भगवान कृष्ण आफैले युधिष्ठिरलाई बताउनुभएको छ कि सफला एकादशी व्रतका देवता श्री नारायण हुन्। जो मानिस सफला एकादशीको दिन व्रत राखेर भगवान विष्णुको पूजा-अर्चना गर्छ र रातमा जागरण बस्छ ईश्वरको ध्यान गर्छ र श्री हरिको अवतार र उनको लीला कथाहरू पाठ गर्छ, उसको व्रत सफल हुन्छ। यसो गर्नाले भगवान विष्णुको आशिर्वाद रहन्छ। जीवनमा रहेका सबै समस्याबाट छुटकारा मिल्नेछ।

प्रकाशित : शुक्रबार, पुष २४, २०७७१६:३४

अबको ३ दिनपछि माघे संक्रान्ति: आफ्नो राशिअनुसार गर्नुहोस यी चीजको दान!