बिग बोसको घरमा राखी सावंत आएपछि अलग नै रौनक आएको छ । यस शोमा राखीले संजीवनी बूटीको काम गरेकी छन्। उनी प्राय: घरमा कुनै न कुनै यस्तो हर्कत गर्छिन्, जसकारण दर्शक शो हेर्न उत्सुक हुन्छन्। राखीले आफ्नो निजी जिंदगीको पनि कैयौँ राज खोलिरहेकी छन्। हालै राखीले बताईन् कि उनको श्रीमान रितेशले उनलाई चारपटक डिभोर्स दिने ध-म्की दिएका थिए। शोमा देखाईएको छ कि राखी सावंत गार्डन एरियामा बसेकी थिइन्। उनीसँग अभिनव शुक्ला, रुबीना दिलैक र निक्की तंबोली पनि थिइन्। यसैक्रममा राखीले भनिन , ‘ मेरो पतिदेव, डिभोर्स दिनु छ भने देउ , म डराउदिन।’
राखीको कुरा सुनेर अभिनव छक्क परे। त्यसपछि उनले राखीलाई यसरी बोल्नुको कारण सोधे। तब राखीले बताएकी थिइन् कि उनले आफ्नो श्रीमानलाई बिहेको लागी तीनपटक बोलाएकी थिइन्। बिहे भएको तीन घन्टापछि रितेशले उनलाई डिभोर्स दिने ध-म्की दिएका थिए। राखीको श्रीमान रितेशले बिहेको रात नै उनलाई छोडेर गएका थिए। राखीले भनिन् कि ‘मेरो मेकअप आर्टिस्टले मेरो बिहेको कुरा सोशल मीडियामा पोस्ट गरेको थियो, त्यसपछि यो कुरा आगोसरी फैलियो।’