प्रधानमन्त्री ओलीलाई प्रचण्ड–नेपाल पक्षले पठायो संविधान पुस्तक उपहार !

नेकपाका प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ। संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–नेपाल अमूहले जिल्ला प्रशासन कार्यालयमार्फत ओलीलाई संविधानको पुस्तक पठाएका हुन्।

प्रचण्ड-नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको हो। त्यस्तै रौतहटको जिल्ला प्रशासन कार्यालय गौरमा पनि उक्त समूहले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक र ज्ञापनपत्र पठाएका छन् ।

दोलखामा पनि प्रचण्ड–नेपाल पक्षका नेताले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएका छन् । प्रचण्ड–नेपाल पक्षले  गृहमन्त्री रामबहादुर थापा ‘बादल’, र सञ्चारमन्त्री पार्वत गुरुङको विरोधमा चरिकोटमा आयोजित र्यालीपछि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक र ज्ञापनपत्र पठाएका हुन् ।  उक्त समूहले मन्त्रीद्वयलाई कालो बेलुन देखाएर विरोध गरेका थिए ।

प्रकाशित : शुक्रबार, पुष २४, २०७७१३:५६

भारतमा बर्डफ्लु देखिएपछि नेपालमा पनि उच्च सतर्कता