२०२०-२१ को गोल्डेन बुटको लागि दौड सुरु भइसकेको छ। यस्तोमा, युरोपका सर्वश्रेष्ठ स्ट्राइकरहरू आफ्नो गोल संख्या बढाएर उक्त अवार्ड जित्न लागिपरेका छन्।
गत सिजन लाजियोका सिरो इम्मोबाइलले बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो, तिमो वेरनरम, लियोनल मेस्सीलाई पछि पार्दै युरोपियन गोल्डेन बुट जित्न सफल भए। तर यो सिजन जित्नको लागि भने अझ संघर्ष गर्नुपर्ने देखिन्छ।
गोल्डेन बुटको दौड सुरु भइसकेको अवस्थामा गोलले युरोपका टप लिगका गोलकर्ताको तथ्यांक निकालेको छ। यी हुन् युरोपका टप ५ लिगमा सबैभन्दा बढी गोल गर्ने टप १० खेलाडी….
१. रोबर्ट लेवान्डोस्की-बार्यन म्युनिख- १९ गोल (३८)
२. क्रिस्टियानो रोनाल्डो- युभेन्टस- १४ गोल (२८)
३. मोहम्मद सलाह- लिभरपुल- १३ गोल (२६)
४. रोमेलु लुकाकु- इन्टर मिलान- १२ गोल (२४)
५. लिलियन एम्बाप्पे- पीएसजी- १२ गोल (२४)
६. सन मिंग ह्युंग- टोटनह्याम- १२ गोल (२४)
७. सिरो इम्मोबाइल- लाजियो- ११ गोल (२२)
८. ब्रुनो फर्नानडेज- म्यानचेस्टर युनाईटेड- ११ गोल (२२)
९. डोमिनिक क्यालवर्ट लेविन- एभर्टन- ११ गोल (२२)
१०. जेमी भार्डी- लेसेस्टर सिटी- ११ गोल (२२)
यसबाहेक, बार्सिलोनाका कप्तान लियोनल मेस्सी १९ औं स्थानमा छन्। त्यस्तै, एसी मिलानका ज्लाटान इब्राहिमोभिक १३ औं छन् भने लुइस सुवारेज १८ औं स्थानमा छन्।