धातुमा सुनको जलप लगाई सक्कली सुन हो भन्दै बेच्ने एक पक्राउ !

प्रहरीले धातुमा सुनको जलप लगाइ सक्कली सुन हो भनि बेच्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ थाक्रे गाँउपालिका-११ घर भई ललितपुरको गोदावारी बस्ने ३४ वर्षीय रवि क्षेत्री भन्ने राज सापकोटा (सुनार) छन्।

महानगरीय प्रहरी अपराध महाशखा र महानगरीय प्रहरी वृत्त थानकोटले उनलाई बिहीबार साँझ सतुंगलबाट पक्राउ गरेको छ। उनको साथबाट सुनको जस्तै देखिने नक्कली ब्रास्लेट, सिक्री बिलका साथ बरामद गरिएको छ।

सापकोटा गत असोज ६ गते चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित एक सुन चाँदी गहना पसलमा बिलसहितको नक्कली ब्रासलेट सक्कली हो भन्दै बेच्न पुगेका थिए। उनले उनले सो ब्रासलेट बेचेर एक लाख ८० हजार लिएको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिएका छन्।

हेर्दा सुन जस्तै देखिने उक्त ब्रासलेट अर्कै धातुमा बाहिरी भाग मात्र सुनको रहेको श्रेष्ठले बताए। त्यसैगरी सापकोटाले पुस १७ गते चन्द्रागिरी नगरपालिका– १२ गुर्जुधारास्थित एक सुन चाँदी गहना पसलमा पनि बिलसहित सुनजस्तो देखिने बाला लिएर गएका थिए। त्याहाँबाट उनी नगद २ लाख ८० हजार ठगी गरी फरार भएका थिए।

प्रकाशित : शुक्रबार, पुष २४, २०७७१७:१७

पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार धनुर्मास पूजा गरिने