पुष २५। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैको लागि बन्द भएको छ । ट्वीटरले ट्रम्पको ट्वीटर अकाउन्ट बन्द गरिदिएको हो । साथै फेसबुकले पनि ट्रम्पको फेसबुक पेज र इन्स्टाग्राम एकाउन्ट २० जनवरी सम्मका लागि बन्द गरिदिएको छ । यसअघि पनि ट्रम्पले ट्वीट गर्दै नयाँ राष्ट्रपति जो बाइडनले पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा नजाने बताएपछि उनको एकाउन्ट केही समयका लागि प्रतिबन्ध लगाएको थियो। तर अहिले उनको ट्वीटले अमेरिकामा हिं-सा भ-ड्किएको भन्दै सधैको लागि बन्द गरिदिएको छ ।
ट्रम्पले शुक्रबार आफ्नोट्वीटरमार्फत् नवनिर्वाचित राष्ट्रपति जो बाइडन उपस्थित भएर औपचारिक बधाई दिने उक्त कार्यक्रममा नजाने जानकारी दिएका थिए। त्यसैले उनको यस्तो व्यवहारलाई अलोकतान्त्रिक आचरणका रूपमा लिइएको थियो।
उपराष्ट्रपति माइक पेन्स भने आफु शपथग्रहण समारोहमा जान इच्छुक रहेको जनाएका छन्। बुधबार ट्रम्पका समर्थकहरुले संसद भवनमा ह-मला गरेपछि नवनिर्वाचित राष्ट्रपति बाइडनको शपथग्रहण कडा सुरक्षाबीच हुने अनुमान गरिएको छ ।