पत्नी सितालाई मुम्बईमा छोडेर प्रचण्ड आज नेपाल फर्कंदै!

काठमाडौँ, पुस२५ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव समुह) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ नेपाल फर्किदै छन्। पुष्पकमल दाहाल पुस २० गते पत्नी सीता दाहालको उपचारको लागि मुम्बई पुगेका थिए।

फाइल तस्बिर

लामो समयदेखि बिरामी रहेकी पत्नी सिता दाहाललाई मुम्बईमा उपचारको लागि छोडेर दाहाल  नेपाल फर्किदै छन्। उनि ५ दिन पत्नी सितासंगै रहेका थिए। सिताको उपचारको लागि उनका छोरीहरु बस्दै आएका छन्। सीताको यसअघि पनि थुप्रै अस्पतालमा उपचार गराउदै आएको थियो।

प्रकाशित : शनिबार, पुष २५, २०७७११:१२

दानाको कच्चा पदार्थमा विदेशीको भर पर्दा लागत महँगो