नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आगामी माग २३ गते काठमाडौंमा १ लाख मानिसका साथ विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।
पार्टीका प्रवक्ता तथा संसद विघटन विरुद्ध संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले माघ २३ गते एक लाख नेता कार्यक्रर्ता सडकमा उतार्ने बताएका छन्। संसद विघटन ‘गैरसंवैधानिक, गैर लोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी प्रतिगामी कदम’ भएको दाबी गर्दै प्रवक्ता श्रेष्ठले उक्त कदम विरूद प्रदर्शन गर्ने बताए।
शनिबार नेकपा सम्पर्क मञ्च समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पर्क कमिटीहरुलाई अहिल्यैबाट तयारी गर्न निर्देशन पनि दिएका छन्। संसद विघटन राजनीतिक प्रणालीमाथिको आक्रमण भएको उनको भनाई छ। “माघ २३ गते टाउको गनेर एक लाख मान्छे उतार्ने हो। त्यसको तयारीमा जुटे हुन्छ,” उनले भने।