माघे संक्रान्ति हरेक वर्ष माघ १ गते मनाउने गरिन्छ । यो पर्व देशभरमा अलग-अलग तरिकाले मनाईन्छ। ज्योतिषीय दृष्टिले यो पर्व निकै खास मानिन्छ। माघे संक्रान्तिमा सूर्य देव धनु राशिबाट मकर राशिमा आउँछ। माघे संक्रान्तिको दिन पवित्र नदी अथवा जलकुंडमा स्नान, दान-पुण्यको कार्य गरिन्छ। ज्योतिष शास्त्र अनुसार यस दिन आफ्नो राशी अनुसार दान गर्नाले कुण्डलीमा ग्रह मजबूत हुन्छ ।
मेष
माघे संक्रान्तिको दिन तपाई शखर दान अवश्य गर्नुहोला। यस्तो गर्नाले तपाईले आर्थिक समृद्धि प्राप्त गर्नुहुनेछ।
वृष
माघे संक्रान्तिको दिन मिश्रीको दान गर्नुहोला। यस्तो गर्नाले जीवनमा सुख र समृद्धि बनिरहनेछ।
मिथुन
माघे संक्रान्तिमा तपाई हरियो रङको मूंगको दाल अवश्य दान गर्नुहोला। यस्तो गर्नाले वैवाहिक जीवनमा चलिरहेको समस्या समाप्त हुनेछ।
कर्क
माघे संक्रान्तिको दिन कर्क राशि हुने व्यक्तिले चामल दान अवश्य गर्नुहोला। यस्तो गर्नाले मानसिक शांति प्राप्ति हुनेछ ।
सिंह
माघे संक्रान्तिको दिन सिंह राशि हुने य्क्तिले गहुँको दान अवश्य गर्नुहोला। यस्तो गर्नाले तपाईको मान- सम्मान वृद्धि हुनेछ ।
कन्या
मागे संक्रान्तिमा जनावरलाई हरियो रङको खानेकुरा अवश्य दिनुहोला। यस्तो गर्नाले तपाईको जीवनको सबै समस्या टाढा हुन्छ।
तुला
माघे संक्रान्तिको दिन कन्याहरुलाई खिर दान गर्नु होला । यसो गर्दा तपाईलाई ऐश्वर्य प्राप्त हुनेछ।
वृश्चिक
माघे संक्रान्तिको दिन शखर र चना बाँदरलाई दिनुहोला। यस्तो गर्नाले तपाईको शत्रु नाश हुन्छ ।
धनु
माघे संक्रान्तिको दिन कुनै मन्दिरमा गएर दान दिनुहोला। यस्तो गर्नाले तपाईको जीवनको सबै सुख प्राप्त हुन्छ।
मकर
माघे संक्रान्तिको दिन सिरक दान दिनुहोला। यस्तो गर्नाले पेसामा सबै खालको समस्या टाढा हुन्छ।
कुम्भ
माघे संक्रान्तिको दिन कुम्भ राशि हुने व्यक्तिले कालो मुसुराको दाल अवश्य दान गर्नुहोला। यस्तो गर्नाले तपाईको बिजनेसमा आएको सबै खालको समस्या टाढा हुन्छ।
मीन
माघे संक्रान्तिको दिन बेसार र बेसनको मिठाई अवश्य अवश्य गर्नुहोला। यस्तो गर्नाले तपाईको जीवनमा कहिले पनि पैसाको कमी हुदैन।