आज २ हजारभन्दा धेरैले घट्यो सुनको मूल्य, यो महिना कै सस्तो !

हप्ताको पहिलो दिन आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ। पछिल्लो २ दिनयता ओरालो लागेको सुनको मूल्य आज २ हजार ३ सय रुपैयाँले घटेको छ। बिहिबारको तुलनामा १ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज भने ह्वात्तै गिरावट आएको हो।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार ३ सय रुपैंयाले नै घटेको छ। जससँगै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय कायम भएको छ।

शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएको थियो भने तेजाबी सुनतोलाको ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

आइतबारको सुनको मूल्य पुष महिनाभर कै सस्तो हो। मङ्सिर महिनाको अन्तिम दिन सुन ९२ हजार ३ सयमा कारोबार भएपश्चात सुनको मूल्य आजको विन्दुभन्दा तल पुगेको थिएन। गत हप्ताको बुधबार मात्र सुनको मूल्य गत २ महिनायता कै महँगो भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा पनि भारी गिरवाट आएको छ। शुक्रबार १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपोयाँले घटेर भएर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : आइतबार, पुष २६, २०७७१०:५६

आज सुन ४० दिन यताकै सस्तो !