सरकारलाई कमजोर बनाउन धेरै प्रयास भयेकोले संसद विघटन गरेको हुँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बहुमतलाई खण्डित गर्ने प्रयास गरेपछि आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । आइतबार राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा ओलीले प्रतिनिधिसभामा नेकपाको एकल बहुमतलाई खण्डित गर्ने प्रयास भएकोले आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।

‘‘मैले त धेरै प्रयास गरेको हो पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा पनि यहि नै थियो, तर केहि पनि काम गर्नै दिएनन् । गत असारदेखि पुस ४ गतेसम्म सरकारलाई कमजोर पार्नको लागि मात्र २८० वटा बैठक भएका रहेछन्, ’’ ओलीले भने।

प्रधानमन्त्रीले प्रचण्ड-नेपाल पक्षलाई इंकित गर्दै दुई-तीनजनाले आफ्नो गुट बनाएर गरेको भेटघाटलाई आफूले बैठकका रुपमा नलिने समेत बताएका छन्। देशलाई अस्थिरतातर्फ धकेल्न अनेक प्रयास गरिएको र थुप्रै प्रश्न उठाइएको भन्दै त्यस्तो किन गर्नुपर्‍यो भन्दै प्रश्न समेत उठाए।

प्रकाशित : आइतबार, पुष २६, २०७७१३:४७

फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे