लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रै भूमि हो त हाम्रो भन्दा कसरी सम्बन्ध बिग्रन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सिमानाबारे कुरा उठाउँदैमा आफ्नो भूमिको दाबी गर्दा कसरी सम्बन्ध बिग्रन्छ भन्ने प्रश्न उठाएका छन्। सुगौली सन्धिपछि १४६ वर्षदेखि भोगचलन गरेको उक्त भूमिमा भारत-चीनबीच युद्धका बेला भारतीय सेना बसेकाे भए पनि त्यो नेपालको भूमि भएकोमा कुनै शंका नै नरहेको उनको भनाइ छ।

आइतबार राष्ट्रिय सभा बैठकमा सम्बाेधन गर्ने क्रममा ओलीले सिमानामा देखिएका समस्याबारे भित्र भित्रै रिस गर्ने भन्दा पनि खुलस्तसँग कुरा गरे मात्र समस्या समाधान हुने उनले बताए। “सम्बन्ध बिग्रन्छ भनेर आफ्नो भूमि बारे चुप लागेर बस्न ट सकिन्न नि, मैत्री सम्बन्ध राखेर पनि यस सम्बन्धमा कुरा गर्न सकिन्छ,” ओलीले भने।

“यसअघिका शाषकहरुले १४६ वर्षसम्म उक्त भूमि उपभोग गरे, ५८ वर्षदेखि अतिक्रमण हुँदा कोहि पनि केहि बोलेनन्, तर अहिले ती भू-भाग समेटेर नयाँ नक्सा जारी गरेपछि सम्बन्ध बिग्रन्छ भनिरहेका छन्,” उनले भने,”आफ्नो भूमि दाबी गर्दा सम्बन्ध बिग्रँदैन।”

प्रकाशित : आइतबार, पुष २६, २०७७१४:१९

गफ फिट्ने दिन गए, काम गरेर देखाउ: प्रधानमन्त्री ओली