मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सरकार- विरोधीकार्यबाट टाढा रहनुहोला। दुर्घटनाबाट बच्नुहोला। बाहिर खान-पानको बानीको कारण स्वास्थ्य बिग्रने सम्भावना रहेको छ। कार्य समयानुसार पूर्ण हुनेछैन। व्यवसाय राम्रोसँग चलाउनुपर्छ। उच्च अधिकारी तपाईको पक्ष हुनेछैनन्। सन्तानसँग मतभेद होला। महत्वपूर्ण निर्णय नलिनुहोला।
वृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रुचिकर मित्र र आफन्तसँग घुम्नाअले मन आनन्दित रहनेछ। सुन्दर वस्त्राभूषण र भोजनको अवसर पी प्राप्त हुनेछ। मध्यान्नपछि स्वास्थ्यको ध्यान दिनुहोला। खर्च अधिक होला ।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पारिवारिक वातावरण उल्लासमय रहनेछ। शारीरिक स्फूर्ति र मानसिक प्रसन्नताको अनुभव गर्नुहुनेछ। अपूर्ण कार्य पूर्ण हुनाले आनन्द वृद्दि हुनेछ। व्यवसायिक स्थलमा वातावरण अनुकुल रहनेछ। आर्थिक रूपले लाभ हुनेछ। मध्यान्नपछि मनमा मनोरंजन छाउनेछ। साथी र आफन्तसँग घुम्ने र मनोरंजन गर्ने अवसर प्राप्त हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
भविष्यको लागि आर्थिक योजना बनाउन अनुकुल समय रहेको छ। एकाग्रतापूर्वक कार्य गर्नाले कार्यमा सफलता मिल्नेछ। कसैसँग वादविवाद नगर्नुहोला। विधार्थीको लागि समय अनुकुल रहेको छ। पारिवारिक वातावरणमा शान्ति बनिरहनेछ। शारीरिक र मानसिकरुपले स्फूर्ति र प्रसन्नता अनुभव हुनेछ। अधुरो कार्य पूरा हुनेछ।
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शारीरिक र मानसिक रूपबाट अस्वस्थ रहनेछ। आमाको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक रूपबाट हानि हुन सक्छ। मध्यान्नपछि आर्थिक योजनामा विचार गर्न सक्नुहुनेछ।। परिश्रमको अनुरूप परिणाम मिल्नेछ। विधार्थीको कार्यमा सफलता प्राप्त हुनेछ। बौद्धिक चर्चा नगर्नुहोला।
कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
गूढ़ रहस्य र आध्यात्मिकता प्रति तपाईको आकर्षण अधिक रहनेछ । आर्थिक रूपले लाभ हुनेछ। नयाँ कार्य प्रारम्भ नगर्नुहोला। प्रियजनसँग भेट हुनेछ। मध्यान्नपछि स्थितिमा बदलाव हुनेछ तथा मानसिक र शारीरिक रुपले केहि व्यग्रताको अनुभव गर्नुहुनेछ। आमाको स्वास्थ्य बिग्रिन सक्ला।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रथम पहरमा स्वास्थ्य बिग्रिन सक्ला तथा मानसिकरुपले ग्लानिको भाव रहनेछ। परिवारसँग केहि मर्यादापूर्वक व्यवहार गर्नुहोला। धर्मकार्यमा खर्च हुनेछ। मध्यान्नपछि प्रसन्नताको अनुभव गर्नुहुनेछ। र्थिक रूपले लाभ हुनेछ । भाग्यवृद्धिको संकेत रहेको छ। कार्यमा सफलता प्राप्त हुनेछ।
वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक वातावरण खुशीमय रहनेछ। मध्यान्नपछि नकरात्मक विचारले समस्यामा पार्नेछ। बोलि र व्यवहारमा ध्यान दिनुहोला। धार्मिक कार्यमा खर्च हुनेछ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बोलीमा ध्यान दिनुहोला। शारीरिक र मानसिक रूपले अस्वस्थ रहनुहुनेछ । शल्यक्रिया गर्ने जस्ता कार्य नगर्नुहोला। मध्यान्नपछि कार्यमा सफलता प्राप्त हुनेछ। परिवारको वातावरण आनन्दप्रद रहनेछ। मित्र र आफन्तसँग भेट्ने अवसर मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सामाजिक रूपले ख्याति प्राप्त हुनाले व्यवसायिक, आर्थिक तथा सामाजिक रूपले लाभदायी दिन रहेको छ। मध्यान्नपछि सावधानी अपनाउनुहोला। स्वास्थ्यको ध्यान राख्नुहोला। मानसिक रूपले केहि अस्वस्थताको अनुभव हुनेछ
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मान-सम्मान बढ्नेछ र धनलाभ हुनेछ। प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। कार्यालयमा उच्च अधिकारीलाई तपाईको कामबाट सन्तोष रहनेछ। मित्रसँग पर्यटनमा आयोजन रहनेछ। व्यवसायमा लाभ हुनेछ। आय वृद्धि हुनेछ।
मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
व्यवसायी र व्यापारीवर्गको लागि समय अनुकुल रहेको छ। उच्च अधिकारी तथा प्रतिस्पर्धीसँग व्यर्थ चर्चा वा विवाद नगर्नुहोला। मध्यान्नपछि कार्यालयको वातावरण अनुकूल रहनेछ । अपूर्ण कार्य पूर्ण हुनेछ । व्यापारको सम्बन्धमा टाढा जानुपर्ला। सन्तानको प्रगतिले सन्तोष मिल्नेछ।