काठमाडौं । राजधानीमै रहेको सरकारी/सार्वजनिक जग्गामा एक हाउजिङ कम्पनीले विक्रि वितरण गर्न लागेको खुलेको छ । २०२२ लासको नापी नक्सालाई तोडमोड गरी मालपोतको मिलेमतोमा सार्वजनिक खोला एंव आसपासको जग्गा यूरो हाउजिङ हेभलपर्स कम्पनीले प्लटिङ्ग गरी विक्रि वितरण गर्न लागेको खुलेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
ललिपतुर महानगरपालिका–२३ स्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) नामको सार्वजनिक खोला एंव सो खोला आसपासको सरकारी÷सार्वजनिक जग्गा सो कम्पनीले मालपोत तथा नापी कार्यालय, ललितपुरका कर्मचारीले मिलेर प्लटिङग गरेको खुलेको छ । उनिहरुले आठ रोपनी १२ आना तीन पैसा दुई दाम सरकारी जग्गा हिनामिना गरेको खुलेको हो । साविक हरिसिद्धि गा.बि.स. वडा नं. १क, ऐ. धापाखेल गा.वि.स. वडा नं. १क तथा ऐ.१क र घ का हाल ललितपुर महानगरपालिका–२८ र २३ का सो सरकारी जग्गा हिनामिना गरेको पुष्टि हुन आएको अख्तियार दूरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
अख्तियारमा आएको उजुरीपछि छानविन गर्दा तत्काल नापी कार्याल, ललितपुर र मालपोत कार्यालय, ललितपुरका कर्मचारीहरु, यूरो ल्याण्ड डेभलपर्स प्रा.लि., यूरो हाउजिंग डेभलपर्स प्रा.लि. र काठमाडौं हस्पिटल प्रा.लि.का संचालकसमेत दोषी देखिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले अदालतलमा जनही २ करोडभन्दा माथि बिगो दावी सहित नापी कार्यालयका अधिकृत बुद्धिमान जैसी, बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगरविरुद्ध मुद्दा दायर गरेको छ ।
त्यस्तै मालपोत कार्यालय ललितपुरका तत्कालिन कार्यालय प्रमूख उपसचिव बाबुराम खनाल, नायव सुब्बा ख्यामनारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइटेलविरुद्ध पनि मुद्दा दायर भएको छ । अख्तियारले खोलाको जग्गा आफ्नो नाममा पार्ने युरो हाउजिङका गुणिकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकवहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर र उज्जल मानन्धर विरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको जनाएको छ ।
त्यस्तै काठमाडौं अस्पतालका सन्जालक ईश्वरलाल आचार्य, दुर्गामान जोशी र दुर्गेश नन्दिनी भट्टचनलाई पनि विपक्षी बनाएर मुद्दा दायर गरिएको छ । युरो हाउजिङ डेभलपर्स प्रालि, युरो ल्याण्ड डेभलपर्स प्रालि र काठमाडौं हस्पिटल प्रालिका कम्पनी संचालकहरु तथा सरकारी कर्मचरीहरुको मिलेमतो र बदनियतबाट सार्वजनिक जग्गा कम्पनीको नाममा घुसाई प्लटिङ गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।