“बार्सिलोनामै रहेर च्याम्पियन्स लिग जित्ने मेस्सीको चाहना पूरा हुन्छ”

एजेन्सी – बार्सिलोनाका पूर्वअध्यक्ष हुवाँ लापोर्टाले आफू बार्सिलोनाको अध्यक्षमा पुनःनिर्वाचित भएको खण्डमा लियोनेल मेस्सीलाई बार्सिलोनामै अड्याउने बताएका छन्।

यस अगाडी पनि अध्यक्षको रुपमा बार्सिलोनालाई सम्हालिसकेका लापोर्टाले आफू पुनः निर्वाचित भए मेस्सीलाई बार्सिलोनामै राख्न प्रयत्न गर्ने बताएका हुन्।

लापोर्टाले मेस्सीलाई बार्सिलोनामै राख्न के गर्नुपर्छ भन्ने कुरामा आफू स्पष्ट रहेको बताए। मेस्सीलाई बार्सिलोनामै अड्याउने कुरा आफ्नो प्राथमिकतामा रहने उनको भनाई छ।

सन् २०२१ को मध्य पश्चात बार्सिलोना छाड्न पाउने मेस्सीलाई रोक्न आफू सकेको सबै गर्ने उनले बताए। मेस्सीलाई रोक्न के गर्नुहुन्छ भन्दै गरिएको प्रश्नमा लापोर्टाले मेस्सीलाई वास्तविकता बताउने उत्तर दिए।

“म सत्य र वास्तविकता मात्रै बताउँछु। मेस्सीको नजरमा म नै सबैभन्दा अनुभवी र दृढ संकल्प भएको भरपर्दो व्यक्ति हुँ”,उनले भने,”म गर्वका साथ भन्छु कि उनले मलाई भनेका सबै कुरा पूरा भएका छन्”

मेस्सीलाई बार्सिलोनामै अड्याउन सम्भव भएको सबै कार्य गर्ने उनको आश्वाशन छ। आर्थिक तवरमा मात्र नभई मेस्सीका खेल महत्वाकांक्षालाई पनि आफूले ध्यान दिने उनले बताए।

लापोर्टाका अनुसार मेस्सीले पुनः च्याम्पियन्स लिग जित्ने लक्ष्य राखेका छन्। तर, क्लबको प्रदर्शनलाई लिएर मेस्सी सन्तुष्ट हुन सकेका छैनन्। जसकारण मेस्सीलाई क्लबमै रोक्न राम्रो टिम निर्माण गर्ने उनले बताए।

“मेस्सी च्याम्पियन्स लिग जित्न चाहन्छन्। र, उनको चाहनालाई पूरा गर्नेछौँ।”,उनले भने।

प्रकाशित : सोमबार, पुष २७, २०७७१५:४९

मेस्सी अनुबन्ध गर्न पिएसजीलाई कति सहज ? यस्तो छ अवस्था !