पृथ्वीनारायण शाहको शालिकसम्म जान प्रहरीले दिएन, मनिषाले यसरी पोखिन् आक्रोश !

काठमाडौँ – नायिका मनिषा कोइरालाले पृथ्वी जयन्तीमा भएको धरपकडको कडा आलोचना गरेकी छन्।

भद्रकालीमा भेला भएर सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अघि बढेका समूहहरुलाई प्रहरीले धरपकड गरेपछि कोइरालाले ट्वीट गर्दै सरकारको आलोचना गरेकी हुन्।

राष्ट्रिय एकताको सामूहिक भावलाई सरकारले सम्मान गर्ला भनेर आशा गरिएपनि त्यसको ठीक उल्टो भएको नायिका कोइरालाले ट्वीटरमा उल्लेख गरेकी छन्। राष्ट्रिय एकताको सामूहिक भाव विरुद्ध पानीको फोहरा र टियर ग्याँस सहित प्रहरी तैनाथ गरिनुले ‘सरकार नेपाली जनताको नै हो त ?’ भन्ने प्रश्न उब्जाएको कोइरालाको भनाई छ।

“मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकता प्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ। तर उस्को व्यवहार ठीक उल्टो देखियो। पृथ्वीनारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य? पानीको फोहरा र टियर ग्याँस सहित नै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?”,ट्वीटरमा कोइरालाले लेखेकी छन्।

साथै कोइरालाले राजनीतिक सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकवद्ध भई श्रद्धान्जलि दिन नपाउने? भन्दै पनि प्रश्न गरेकी छन्। भेला हुन पाउने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख भएको समेत उनको आरोप छ।

“राष्ट्रिय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रद्धान्जलि दिन नापाउने? आमव्यक्तिको भेला हुने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ।”,कोइरालाले ट्वीटरमा थप लेखेकी छन्।

पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा भद्रकालीमा भेला भएर सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अघि बढेका कोइराला सहितको नागरिक समूहलाई प्रहरीले सोमबार अवरोध गरेको थियो। जस पश्चात अहिले सरकार तथा प्रहरीको सर्वत्र आलोचना भइरहेको छ।

प्रकाशित : सोमबार, पुष २७, २०७७१७:१८

लोडसेडिङको सङ्केत देखिएपछि प्रधानमन्त्री कार्यालय ‘एक्सनमा’ !