स्किन केयर मौसमको अनुसार गरिन्छ। मौसम बदलिने बितिक्कै स्किन केयर रुटिनमा पनि बदलाव आउँछ। मौसमको हिसाबले ब्यूटी प्रोडक्टको प्रयोग गरिन्छ। चिसो मौषममा स्किन केयरको लागि धरै मोइस्चराइजरको प्रयोग गरिन्छ। यस मौसममा गलत प्रोडक्टको प्रयोग गर्नाले स्किनको चमक कम हुन्छ। चिसोमा चम्किलो र बेदाग स्किनको लागि केहि प्रोडक्टको प्रयोग गर्नुहुँदैन । थाहा पाउनुहोस कुन प्रोडक्टको प्रयोग गर्नुहुँदैन ।
प्रयोग गर्न नहुने प्रोडक्ट : –
हार्ड स्क्रब
जाडो मौषममा चिसोको कारण महिलाले स्क्रब गर्न छोड्छन्। स्किन केयरको लागि हप्तामा एकपटक फेस स्क्रब गर्नुपर्छ । स्क्रब गर्नाले स्किनको डेड सेल हट्छ जसले स्किनलाई ग्लो गर्छ। जाडोमा स्किनमा हार्ड स्क्रब गर्नुहुँदैन । हार्ड स्क्रब गर्नाले स्किन खस्रो हुन्छ र जलन भएको अनुभव हुन्छ।
साबुन
जाडो मौसममा चिसो हावाको कारण छाला ड्राई हुन्छ। यस मौसममा अनुहारमा साबुनको प्रयोग गर्नाले स्किन निकै ड्राई हुन्छ। यस मौसममा साबुनको प्रयोग गर्नुहुँदैन । किनकी साबुनको प्रयोग गर्नाले स्किनको पीएच लेवल प्रभावित हुन्छ र यसले अनुहारलाई ड्राई गर्छ । यस मौसममा सोप फ्री क्लींजरको प्रयोग गर्नुहोला। यले छालालाई मुलायम बनाउछ। अनुहार सफा गरेपछि अनुहारमा मोइस्चराइजर लगाउनुहोला।
पाउडर फाउन्डेशन
सुन्दर लुकको लागि महिला मेकअप गर्छन्। मेकअप गर्नको लागि सबैभन्दा धेरै पाउडर फाउन्डेशनको प्रयोग गरिन्छ किनकी पाउडर फाउन्डेशनले मेकअपलाई निकै लामो समयसम्म रहन सहयोग गर्छ। तर जाडो मौसममा पाउडर फाउन्डेशनको प्रयोग गर्नुहुँदैन किनकी पाउडर फाउन्डेशनले स्किनको तेललाई सोस्छ। चिसो मौषममा स्किन ड्राई हुन्छ र त्यसैले पाउडरको प्रयोग गर्नाले स्किन निकै ड्राई हुन्छ।
अल्कोहल बेस्ड टोनर
स्किन केयरको लागि टोनर निकै राम्रो मानिन्छ। मोइस्चराइजर लगाउनुभन्दा पहिले अनुहारमा टोनर लगाउनुपर्छ। यसले अनुहारको फोहोर कम हुन मदत्त गर्छ। चिसो मौसममा अल्कोहल बेस्ड टोनरको प्रयोग नगर्नुहोला। यस मौसममा अल्होहल फ्री टोनरको प्रयोग गर्नुहोला।