हिजो ४० दिन यताकै सस्तो भए सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – आइतबार र सोमबार एक महिना यताकै सस्तो भएको सुनको मूल्य मंगलबार बढेको छ। सोमबार ४० दिन यताकै सस्तो भएको सुनको मूल्य मंगलबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैंयाले बढेको छ।

मंगलबारको वृद्धिसँगै नेपाली बजारमा छापवाला सुनको मूल्य ९२ हजार ८ सय कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार ९३ हजार र सोमबार ९२ हजार २ सय रुपैंयामा कारोबार भएको थियो।

यस्तै मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैंयाले बढेको छ। जससँगै तेजाबी सुनको मूल्य ९२ हजार ३ सय कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस अगाडी तेजाबी सुन आइतबार प्रतितोला ९२ हजार ५ सय र सोमबार ९१ हजार ७ सय रुपैंयामा कारोबार भएको थियो।

पुस महिनामा सुनको मूल्य

पुस महिनाको २८ गते सम्म आइपुग्दा सुनको मूल्यमा धेरै उतार-चढाव भइसकेको छ। पुस महिनामा सुनको मूल्य महँगोमा ९६ हजार ७ सय देखि सस्तोमा ९२ हजार २ सय सम्ममा कारोबार भएको छ।

चाँदीको मूल्य

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैंयाले बढेको छ। जससँगै नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५०मा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, पुष २८, २०७७११:३०

ओलीलाई राष्ट्रवादी देखाउने खेल शुरु भयो भन्दै भड्किए बाबुराम ! यसो भने …