चमकदार छालाको लागि आफ्नो डाइटमा गर्नुहोस् यी चीजको सेवन !

चमकदार र जवान छालाको सबै महिलाको चाहना हुन्छ।  बेदाग र सफा अनुहारको लागि केटी पार्लर गएर फेसियल गर्छन् र केही महिला घरमा आफ्नो छालाको हेरचाह लागि क्लिन्जिङ गर्छन्। फेसियल गरेपछि अनुहारमा छुट्टै चमक आउँछ। यस्तैमा तपाईले आफ्नो छाला बाहिरी मात्र सफा नगरी भित्री तरिकाले पनि हेरचाह गर्नुपर्छ। चमकदार र बेदाग छालाको लागि हेल्दी डाइट लिन निकै जरुरी रहेको छ। चमकदार छालाको लागि आफ्नो डाइटमा हरियो सागपात र फलफुलको सेवन गर्नुपर्छ। थाहा पाउनुहोस् ताजा र चमक छालाको लागी आफ्नो डाइटमा के राख्नुपर्छ।

मेवा

चमकदार र जवान छालाको लागि आफ्नो डाइटमा मेवालाई राख्नुहोला। मेवाले छालालाई चमकदार र जवान बनाउन मदत्त गर्छ। चमकदार छालाको लागि मेवालाई आफ्नो अनुहारमा पनि लगाउन सक्नुहुन्छ।

पानी

चमकदार र बेदाग  छालाको लागि पानी  निकै जरुरी रहेको छ। यदि तपाई अनुहारको डन्डीफोरबाट समस्यामा हुनुहुन्छ भने पानीको सेव गर्नुहोला। पानी पिउनाले छाला हाइड्रेट रहन्छ जुनले छाला चमकदार र जवान रहन्छ।

फलफुल

छालाको हेरचाहको लागी आफ्नो डाइटमा  फलफुल राख्नुहोला। फलको सेवन गर्नाले छाला जवान  र चमकदार रहन्छ।

हरियो सागपात

चमकार र जवान छालाको लागी हरियो सागपात निकै फाईदादायक  रहेको छ। हरियो  सागपात सेवन गर्नाले तपाईले आफ्नो अनुहारको दाग  कम  गर्न सक्नुहुन्छ । चमकदार र बेदाग छालाको लागि हरियो साग्पात्को प्रयोग गर्नुहोला।

प्रकाशित : मङ्गलबार, पुष २८, २०७७१८:४५

नेपालका कुनै पनि कम्पनीले मल खरीद गर्न सकेनन् !