चोरीको मोटरसाइकलमा हुइकिरहेका दुई नागढुंगाबाट, ३ भक्तपुरबाट पक्राउ !

काठमाडौँ – चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट चोरीको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिकाका २७ वर्षीय बिजय तामाङ र सोही स्थानका १८ वर्षीय आइतराज तामाङ रहेका छन्। उनीहरुलाई पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको हो।

मोटरसाइकल चोरीमा संलग्न हुँदै आएका व्यक्तिहरुको गोप्य सूचनाको आधारमा प्रदेश ३–०२–०११प ७२४१ नम्वरको कालो रातो रंङ्गको १५० सी.सी.को पल्सर मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

नियन्त्रणमा लिइएको मोटरसाइकल किर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको भएको बताइएको छ। मोटरसाइकल काठमाण्डौं चोभारबाट हराएको थियो। महाशाखाका अनुसार उनीहरु ठमाडौँ उपत्यकाको विभिन्न स्थानमा मोटरसाइक चोरी गर्ने कार्यमा सक्रिय थिए।

मोटरसाइकल चोरी गर्ने गिरोहका तीन पक्राउ

मोटरसाइकल चोरीमा पटकपटक संलग्न हुँदै आएका गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग सिरुटारको टोलीले दुईवटा चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, वीरगञ्ज स्थायी घर भएका २० वर्षीय पप्पु पटेल र धादिङ स्थायी घर भएका २५ वर्षीय राजन लामा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले राजन लामाले चलाउँदै आएको बा.९५प. ६४०५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि थप अनुसन्धानका क्रममा अर्को चोरीको मोटरसाइकल सूर्यविनायक नगरपालिका–१ बिरुवामा सञ्चालित बिन्ध्यबासिनी बर्कसपबाट बा.७२प. ७९४९ नंको मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए ।

अनुसन्धानका क्रममा व्यावसायिकरुपमा पटकपटक मोटरसाइकल चोरी तथा किनबेच गर्दै आएको गिरोह रहेको खुलासा भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : मङ्गलबार, पुष २८, २०७७१४:२८

यी ब्यूटी प्रोडक्ट्सले गर्छ चिसो मौषममा स्किन खराब, झुक्किएर पनि प्रयोग नगर्नुहोस् !