लाशलाई राति एक्लै किन छाडिदैन ? यस्तो छ कारण !

काठमाडौँ : केही पौराणिक मान्यता अनुसार कहिले पनि व्यक्तिको अन्तिम संस्कार रातमा गरिँदैन। यदि कुनै व्यक्तिको मृत्यु राति भएमा उसलाई राति नै मसानघाटमा लगिँदैन ।

बरु मृतकको लाशलाई घरमा राखी त्यसको रखवाली गर्छन् । के तपाईले कहिल्यै यस प्रथाको बारेमा सोच्नुभएको छ, आखिर किन मृतक व्यक्तिको लाश एक्लै छाडिदैन ।

शास्त्र अनुसार दिन ढलेपछि यदि कुनै व्यक्तिको मृत्यु भएमा त्यस व्यक्तिको शव तुलसीको बोट नजिक राखिन्छ र त्यस लाशलाई एक्लै छाड्नुहुँदैन। किनकी मरेको व्यक्तिको आत्मा त्यहीं वरिपरी भट्किरहेको हुन्छ र सबैलाई हेरिरहेको हुन्छ।

 

मरेपछि शरीर खाली हुन्छ र यस्तोमा दुष्ट आत्माको सायाले त्यस शरीरमाथि आफ्नो कब्जा जमाउन सक्छ। यसकारण मानिसहरु शव नजिक बस्छन् र लाशलाई एक्लै छाड्दैनन् ताकि कुनै दुष्ट आत्माले त्यस लाश माथि कब्जा नजमाऊन् र कुनै व्यक्ति या वस्तुलाई नोक्सान पुर्याउन नसकून।

प्रकाशित : मङ्गलबार, पुष २८, २०७७१७:१७

विश्वमा १% भाग्यशालीको हातमा मात्रै रहने गर्छ यस्तो चिन्ह ! यस्तो चिन्हले कसरि बनाउँछ मालामाल ! हेर्नुहोस् !