ग्रहचक्रमा सूर्यको उथलपुथलले माघे संक्रान्तिमा बन्दै चतुर्ग्रही योग, यी राशिलाई लाभै-लाभ !

सूर्य ग्रह १४ जनावरी अर्थात् भोलि बिहान ८ बजेर ३१ मिनेटबाट धनु राशिको यात्रा सकेर मकर राशिमा प्रवेश गर्नेछ, जहाँ यसले पहिलाबाटै स्थित शनि, गुरु र बुधसँग विशेष योग निर्माण गर्नेछ। यस तरिकाले चतुर्ग्रही योग सिर्जना गरिनेछ। मकर राशिमा प्रवेश गर्ने बित्तिकै सूर्यको उत्तरायण यात्रा पनि सुरु हुनेछ। सूर्य ग्रह मेष राशिमा उच्च र तुला राशिमा नीच मानिन्छ। सूर्यको राशि परिवर्तनले सबै १२ वटै राशिमा प्राभाव पार्नेछ।

मेष राशि 

राशिको दशम भावमा बन्ने चतुर्ग्रही योग पुरुष र विद्यार्थी वर्गको लाग्फी अत्यन्त शुभ मानिनेछ। महिला वर्गले केही कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुनसक्छ। व्यापारी वर्गको लागि पनि समय उत्तम रहनेछ। कार्य व्यवसायमा उन्नति र आम्दानीको साधन बढ्नेछ। कार्यक्षेत्रमा पदोन्नतीका साथै नयाँ अवसर प्राप्त हुनेछ। विदेशी कम्पनीहरूमा रोजगारीका लागि आवेदन दिनका लागि पनि यो समय राम्रो हुनेछ।

वृष राशि 

राशिको भाग्य भावका सूर्यको प्रवेश तपाईंको लागि वरदान साबित हुनेछ। कार्य व्यापारको हिसाबले समय निकै उत्तम रहनेछ। धर्म-कर्ममा तपाईंको र् रुचि बढ्नेछ। आफ्नो साहस र बहादुरिको बलमा कठिन परिस्थितिमा पनि जीत हासिल गर्न सक्नुहुनेछ। विदेश यात्राको लागि वा विदेशी कम्पनीहरूको सेवाकका लागि गरेको आवेदन पनि सफल हुनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।

मिथुन राशि 

राशिको अष्टम भावमा बन्ने चतुर्ग्रही योगले तपाईंलाई अनेक कठिनाईमा पार्न सक्छ। मान-सम्मानमा वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा पनि बढ्नेछ, तर यसलाई काम-व्यवसायको हिसाबले धेरै राम्रो भन्न सकिदैन। आकस्मिक खर्च तथा धनहानिको सम्भावना छ। स्वास्थ्यमा नकारात्मक असर पर्ला। कार्यस्थलमा षडयन्त्रको शिकार हुनबाट बच्नुहोस्।

कर्कट राशि 

राशिको सप्तम भावमा बन्ने चतुर्ग्रही योग तपाईंको लागे मिश्र-फलदायी साबित हुनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। कार्य व्यापारको दृष्टिकोणले समयता अत्यन्त शुभ रहनेछ। दैनिक व्यापारिका लागि पनि समय अनुकूल छ। महिला वर्गले केहि चुनौतीहरूको सामना गर्नुपर्नेछ। कर्यक्षेत्रमा पदोन्नति र मान-सम्मान बढ्नेछ।

सिंह राशि 

राशिको छैठौं भावमा सूर्यको प्रवेशले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नेछ। आमाको स्वास्थ्यमा पनि व्विशेष ध्यान दिन जरूरी देखिन्छ। यस अवधिमा कसैलाई अधिक पैसा ऋण नदिनुहोस् अन्यथा दिइएको पैसा डुब्न सक्छ। विदेशी नागरिकताका लागि गरिएका प्रयासहरू पनि सफल हुनेछ। आफ्नो रणनीतिहरू गोप्य राखेर कार्य गर्यो भने मात्र काम सफल हुनेछ।

कन्या राशि 

राशिको पन्चम भावमा हुने सूर्यको प्रवेशले विद्यार्थी वर्गको लागि अत्यन्त शुभ परिणाम दिनेछ। व्यापार व्यवसायीको लागि समय अत्यन्त शुभ रहनेछ। नयाँ कार्य व्यापार आरम्भ गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना उच्च छ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।

तुला राशि 

राशिको चतुर्थ भावमा बन्ने चतुर्ग्रही योगले परिवारका कलह तथा मानिसक अशान्तिको सामना गर्नुपर्नेछ। आमा-बुबाको स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी देखिन्छ। परिवारका सदस्यसँग मतभेद हुनसक्छ साथै पारिवारिक वातावरण नकारात्मक हुनसक्छ। साथी र आफन्तहरूको सहयोगको आशा गर्नु सकिन्छ। घर जग्गा सम्बन्धित विषयहरूको समाधान हुनेछ।

वृश्चिक राशि 

राशिको पराक्रम भावमा सूर्यको प्रवेशले तपाईंलाई पराक्रमी तथा सहासी बनाउनेछ। तपाईंले लिइएको निर्णयको सराहना गरिनेछ। आफ्नो उर्जा शक्तिको पूरा प्रयोगका सतह काम गर्नाले कार्य सफलता प्राप्त हुने सम्भावना उच्च रहनेछ। विद्यार्थीहरूको लागि समय उत्तम रहनेछ। कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ। विदेश यात्रा वा विदेशी नागरिकताका लागि गरिएका प्रयासहरू पनि सफल हुनेछन्।

धनु राशि 

राशिको दोस्रो भावमा सूर्यको प्रवेश तपाईंको लागि मिश्र फलदायी साबित हुनेछ। केहि विवादको कारण पारिवारिक कलह उत्पन्न हुनसक्छ। आर्थिक पक्ष मजबूत रहनेछ। आकस्मिक धन प्राप्तिको योग रहेको छ। ऋण दिएको पैसा पनि सजिलैसँग फिर्ता आउने सम्भावना छ। स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। कार्यक्षेत्रमा अनावश्यक झै-झगडामा नपर्नुहोला।

मकर राशि 

मकर राशिमा बन्ने चतुर्ग्रह योग तपाईंको लागि कुनै वरदान भन्दा कम हुनेछैन। निर्णायक काममा समयमै निर्णय लिँदा मात्र सफलता प्राप्त हुनेछ। पारिवारिक कलह तथा मानिसक तनाबको सामना गर्नुपर्ला। सरकारी क्षेत्रमा लाभ मिल्ने सम्भावना उच्च छ। उच्च अधिकारीहरूसँगको सम्बन्ध बिग्रन नदिनुहोस्। विवाह सम्बन्धि वार्ता पनि सफल हुनेछ।

कुम्भ राशि 

राशिको बाह्रौँ भावमा हुने सूर्यको गोचर तपाईंको लागि शुभ नरहला। अधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहनेछ। कानुनी मामिलामा नापरेकै राम्रो हुन्छ। स्वास्थ्यमा समस्या देखा पर्नसक्छ, विशेषगरी आँखा सम्बन्धि समस्याले सताउला। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुनेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ।

मीन राशि 

राशिको लाभ भावमा प्रवेश गर्ने सूर्यले तपाईंको आयका साधन बढाउनेछ। ऋण दिएको पैसा पनि सजिलैसँग फिर्ता आउनेछ। व्यापारीहरुको लागि यो समय वरदान भन्दा कम हुनेछैन। नयाँ कार्य आरम्भ गर्नको लागि पनि समय अत्यन्त शुभ रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त हुनेछन्। उच्च अधिकारीहरूसँगको सम्बन्ध बिग्रन नदिनुहोस्।

प्रकाशित : बुधबार, पुष २९, २०७७१८:०३

तपाईको दांतको बिचमा खालि भाग छ? छ भने यता हेर्नुहोस् !