ओलीलाई भेटेलगतै सगरमाथा माथि भारतीय दावी, दिपकले गरे कडा व्यंग्य !

काठमाडौँ – केहि दिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वातार्ता लिन भन्दै भारतीय न्यूज च्यानल जी न्यूजको टोली नेपाल आयो। प्रधानमन्त्री निवास छिरेर जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले ओलीको अन्तर्वार्ता लिए।

ओलीको अन्तर्वार्ता लिएर फर्किए लगतै चौधरीले नेपालमा रहेको सगरमाथा माथि भारतले दाबी गर्नुपर्ने अभियान थालनी गरे। विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै उनले अभियान नै चलाएपछि अहिले सर्वत्र आलोचना तथा विरोध भइरहेको छ।

चौधरीले सगरमाथालाई भारतीय नाम दिने अभियानको थालनी गरेपश्चात यति बेला सामाजिक संजाल तथा मिडिया जगत गर्माएको अवस्था छ। यस सम्बन्धमा धेरैले प्रतिक्रिया जनाइरहेका छन्।

यसै बीच सगरमाथाको भारतीय नाम राख्ने अभियान शुरु गरिएपश्चात यस विषयमा प्रतिक्रिया जनाउन चर्चित हाँस्यकलाकार दिपक राज गिरी पनि अगाडी आएका छन्।

गिरीले सामाजिक संजाल फेसबुक मार्फत जी न्यूजले प्रधानमन्त्री ओलीको उचाई बढाई यति अग्लो प्रधानमन्त्री भएको देशलाई सगरमाथा किन चाहियो भन्दै आफ्नो सगरमाथामा दावी गरेको बताएका छन्।

“जी न्यूज आयो प्रधानमन्त्रीको ‘हाइट’ बढाएर गयो। यति अग्लो प्रधानमन्त्री तिमिहरूको हुँदा-हुँदै सगरमाथा किन चाहियो तिमिहरूलाई ? भन्दै सगरमाथामा आफ्नो दाबा पनि ठोकेर गयो”,व्याँगात्मत पारामा गिरीले फेसबुकमा लेखेका छन्।

प्रकाशित : बुधबार, पुष २९, २०७७११:३१

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु