बेलुन जस्तै फुल्न थाल्यो छोरा, वास्तविकता थाहा पाउँदा आमा-बुवा दुवै चकित !

एजेन्सी – चीनका एक दम्पतिले आफ्नो छोरालाई ‘स्टेरोइड क्रीम’ लगाइदिएका थिए। उक्त क्रीमले उनीहरुको छोरालाई यस्तो असर गर्योकि उ क्रमश मोटो हुँदै गयो। छोरा बेलुन जस्तै फुलेको देखेर उक्त दम्पति आत्तियो। तर, के कारणले ह्वात्तै मोटायो भन्ने कुरा उनीहरुले थाहा पाउन भने सकेनन्।

केहि महिना सम्म उनीहरुले छोरालाई क्रीम लगाउने कार्यलाई निरन्तरता नै दिए। छोरा दिनप्रतिदिन बेलुन जस्तै फुल्दै गएपछि उनीहरु अस्पताल पनि गए। त्यहाँ डाक्टरहरुले विभिन्न जाँच गर्दा पनि उनीहरुको छोरा किन बेलुन जस्तै फुलिरहेछ थाहा हुन सकेन।

बालकलाई आमाको दुध बाहेक अन्य केहि अनि खुवाउने गरिएको थिएन। उनीहरुले बालककी आमाको दुधमा केहि तत्व छ कि भनेर जाँच समेत गरे। तर, कुनै पनि तथ्य पत्ता लाग्न सकेन।

समय बित्दै जाँदा उनीहरुको छोराको अनुहारमा कपाल पनि पलाउन थाल्यो। अवस्था थप बिग्रिएपछि स्थानीय अस्पतालले बालकलाई अर्को ठूलो अस्पतालमा रेफर गर्यो। रेफर गरिएको अस्पतालमा त्यस किसिममा समस्या बोकेर अन्य व्यक्तिहरु पनि आइसकेका थिए।

अस्पतालका डाक्टरहरुले समस्या के हो भनेर सम्झाए उक्त दम्पति चकित नै पर्यो। डाक्टरहरुका अनुसार उक्त बालकमा ‘स्टेरोइड क्रीम’ले असर देखाएको थियो।

बालकमा प्रयोग गरिएको ‘युफुलिन मल्टि-इभेशेन्ट स्पेशल एन्टिब्याक्टेरियल क्रीम’ले अन्त्य बालकहरुमा पनि त्यसप्रकारकै असर देखाएको डाक्टरहरुको दावी छ।

उक्त क्रिममा प्रयोग भएको एक रसायनलाई लामो समय सम्म प्रयोग गर्दा विभिन्न समस्याहरु देखा पर्ने स्थानीय डाक्टरहरु बताउँछन्। उक्त क्रीमको प्रयोग बन्द गरे लगतै बेलुन जस्तै फुलेका बाल-बालिका क्रमश समस्यामुक्त हुँदै गएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

प्रकाशित : बुधबार, पुष २९, २०७७१५:२८

पाँच जनालाई नयाँ जीवन दिएर बिदा भइन् २० महिनाकी बालिका !