धेरै बेरसम्म चुइंगम चपाउँदा क्यान्सर !

Taking chewing gum

चुइंगम नचपाएको मान्छे भेटाउन सायद गाह्रो पर्ला । तर अब धेरै बेर सम्म चुइंगम चपाई राख्ने मान्छेका लागि निकै निराशाजनक खबर आएको छ । धेरै बेर सम्म चुइंगम चपाउनु व्यवहार गर्नु भएको छ भने ज्यानै समेत जान सक्ने देखिएको छ ।

 

हालसालै मात्र गरिएको एउटा अध्ययनले चुइंगम तथा पाउरोटीमा ठूलो आन्द्राको क्यान्सर गराउने तत्व हुने पत्ता लगाएको छ । बकिङ्घम विश्वविद्यालयका मेडिकल विज्ञहरूले गरेको अनुसन्धानले यो तथ्य पत्ता लगाएका हुन् ।

अध्ययनका अनुसार पाउरोटी तथा चुइंगमा हुने टाइटेनियम डाइअक्साइड नामक तत्वले इन्टेस्टाइनको कोष बनावट अर्थात जोडिएको रक्तकोषलाई टुक्राइ दिन्छ । यसरी जोडिएको कोष टुक्रिएपछि पाचनयन्त्र कमजोर हुने र यसैका कारण ठूलो आन्द्राको क्यान्सर हुने खतरा बढ्ने गर्छ ।

 

अध्ययनकर्ताका अनुसार टाइटेनियम डाइअक्साइडले टुक्राएको कोष शरीरको दोश्रो भागमा पुग्ने समस्या समेत देखा पर्ने गर्दछ ।

प्रकाशित : बुधबार, पुष २९, २०७७१५:५६

यस्ता गल्तीका कारण छिट्टै चाउरीपर्ने रहेछन् महिलाहरु तथा युवतीहरु !