यस्ता गल्तीका कारण छिट्टै चाउरीपर्ने रहेछन् महिलाहरु तथा युवतीहरु !

लामो समय सम्म जवान रहने चाहना प्राय सबैको हुन्छ, जवान रहनको लागी मानिसहरुले बजारमा रहेका खराब केमिकलबाट बनेका क्रिमका प्रयोग गर्ने गर्दछन् । कतिले त शल्यक्रिया पनि गर्ने गर्दछन् । मानिसको उमेर बढेसगैं चाउरीपनाको समस्या देखापर्दछ ।

विशेषगरी युवाहरुको भन्दा पनि युवतीहरुको छालामा चाउरीपना देखापर्दछ । अनुहार र छाला चाउरी परेपछि बुढ्यौली लागेको सबैले महशुस गर्ने गर्दछन् । यस्तो समस्याबाट समाधान पाउनको लागी औषधी, भिटामिन र क्रिमको प्रयोग गर्नु एकदमै हानीकारक छ । यसको प्रयोगबाट तत्काल छुटकारा मिलेपनि लामो समयसम्म प्रयोग गदै जादाँ धेरैनै समस्याहरु देखापर्दछन् ।

जवान रहनेको लागी विशेषगरी खानपान र जीवशैलीलाई ध्यान दिए पुग्छ । हामीले खाएको खाने कुरालेनै लोसन क्रिमको रुपमा काम गरिरहेको हुदाँ खानपानमा चाहि ध्यान दिनुपर्दछ ।

किन छाला चाउरी पर्छ भन्ने विषयमा धेरै मानिसहरु अनविज्ञ छन् खानपानको साथमा यस्ता छन् छाला चाउरीपना पर्ने कारणहरु ः

१. घाममा बस्दा


लामो समय सम्म घाममा बस्दा छालामा चाउरीपना देखापर्दछ । त्यसकारणले गर्दा घाममा धेरै बस्नुहुदैन् । घाममा बस्नैपर्ने छ भने अनुहारलाई ढाकेर बस्दा लामो समयसम्म जवान रहन सकिन्छ । छालामा हुने कोलाजेनले छालाको संरचना दुरुस्त राख्ने काम गर्ने गर्दछ तर छालामा हुने कोलाजेनले छालाको संरचनालाई यसको मात्रा घटेसँगै छाला चाउरी पर्दछ ।

२. उमेरको कारण

उमेरमा परिवर्तन भएपछि आ छाला पातलो, सुख्खा हुन्छ र लचकता गुमाउँदै जान्छ । सुरुमा आँखा, गाला, निधार, आँखीभुइँ जस्ता भागको छाला चाउरी पर्न थाल्छ ।

३. प्रदुषण, धूमपान, बढी वजन, पानीको कमी, भोजन, तनाव र जिउने शैलीको प्रभावले छाला पनि यस्तो समस्या देखापर्ने कारणले गर्दा यी कुरामा ध्यान दिन जरुरी छ । पर्न थाल्छ ।

प्रकाशित : बुधबार, पुष २९, २०७७१६:१४

यस्तो छ बाडुल्की रोक्ने उपाय, जानिराखौं !