यस्तो छ बाडुल्की रोक्ने उपाय, जानिराखौं !

कुनै पनि व्यक्तिमा बाडुल्की लाग्नु सामान्य र प्राकृतिक कुरा हो। कतिपय मानिसहरु त बाडुल्कीलाई कुनै प्रिय व्यक्तिको सम्झना संदेश हो भन्न पनि पछि पर्दैनन।  कुनै समय यो लगातर आउने गर्छ।  लामो समय सम्म बाडुल्की लागिरहनु स्वास्थ्यका हिसाबले पनि कष्टप्रद नै रहन्छ। यस्तो बेलामा ठुलाबडाले के समेत भन्ने गरेका छन भने एक छिनका लागि सास बन्द गर,  पानी पिऊ या अन्य कुनै कुराको सेवन गर। र ठिक हुन्छ पनि ठुलाबडाको कुराले कुनै बेला मेल खान सक्छ तर कतिपय अवस्थामा भने यस्ता उपायले फेल खाएको घटना पनि प्रसस्तै सुन्न अनि भोग्न पाइन्छ।

त्यस्तै अर्कातर्फ चिकित्सकहरुले बाडुल्की लागेको समय कान रगड्दा निको हुन्छ भन्ने सल्लाह पनि दिने गर्छन।

यसै सन्दर्भमा  आज हामी तपाइलाई बाडुल्की लाग्दा अपनाउनु पर्ने अन्य उपायको बारेमा पनि केहि जानकारी दिन गईरहेका छौं आउनुहोस।

 चिसो पानी पिउने

लगातार बाडुल्की आइरहेको समयमा करिब एक गिलास चिसो पानी पिउनु पर्दछ।  कतिपयका अनुसार त यस्तो समयमा नाक बन्द गरेर पानी पिएको अवस्थामा छिट्टै निको हुने भनाइ रहेको छ।

सास रोक्ने 

बाडुल्की लागेको समयमा एकछिनका लागि सास रोक्नु पर्दछ।  यो अत्यन्तै पुरानो उपाय हो तथापी यसले बाडुल्की रोक्न मदत पुर्याउछ।

महको सेवन 

हुन त मह विभिन्न रोगहरुको अचुक औषधी हो तथापी बाडुल्की रोक्नका लागि पनि महले निकै ठुलो भूमिका निर्वाह गरेको हुन्छ।

आइस ब्यागको प्रयोग

बाडुल्की लागेको समयमा घाँटीमा आइस ब्याग राख्नाले पनि बाडुल्की रोक्न मदत पुग्दछ।

यसरी माथि उल्लिखित यी उपायहरुलाई अपनाएको खण्डमा अनावश्यक आउने बाडुल्कीलाई  रोक्न सकिन्छ।  एकपटक यो उपाय अपनाएर हेर्नुहोला है।

 

प्रकाशित : बुधबार, पुष २९, २०७७१६:२४

के तपाईं धेरै चाउचाउ खानुहुन्छ ? एकपटक यो अवश्य पढ्नुहोस् :