हाम्रो घर वरिपरिको वातावरणमा अधिकतम तथा आकर्षक विभिन्न झारपात तथा बोटबिरुवाहरु उम्रने गर्छन। जसलाई हामी बेकामको सम्झिएर बेवास्ता गर्ने गर्छौ। किनकी हामीलाई त्यसको बिशेष महत्वको बारेमा कुनै जानकारी भएको हुदैन। आज हामी यस्तो बिरुवाको बारेमा भन्न जादैछौ जुन बिरुवा अत्यन्तै प्रभावकारी हुने गर्दछ र औषधीय गुणले समेत भरपुर हुने गर्दछ।
यो घर वरपर पाइने एक प्रकारको बिरुवा / झारपात हो। तर यसले विभिन्न रोगलाई निर्मुल पार्न अहम भूमिका निर्वाह गरेको हुन्छ। सायद नाम सुन्नु भएकै होला यसको नाम ९ बजे हो। यो बिरुवा हरेक दिनको बिहान ९ बजेको आसपासमा फुल्छ र बिस्तारै ओईलाउदै जान्छ।
यसको फुल पिसेर अनुहारमा लगाउनाले अनुहारमा आएका अनावश्यक दाग , धब्बा तथा चाउरीपनबाट छुटकारा पाउन सकिन्छ। तथा अनुहारमा निखारता ल्याउन समेत मदत गर्छ।
यस घाँसको पातमा भिटामिन सी प्रसश्त मात्रामा पाइन्छ।
यो त्वचा र कपालको लागि हितकारी छ। यसको पातलाई पिसेर कपालमा प्रयोग गर्नाले कपाल लामो , कालो र बाक्लो हुन्छ। यसमा पाइने एन्टीब्याक ब्याक्टिरियल र एन्टी फंगल गुणले गर्दा शरीरमा आएका घाउ खटिराका लागि समेत प्रभावकारी हुन्छ।