घरमा कुकुर पाल्नाले स्वास्थ्यमा हुनेछन यस्ता नसोचेका फाइदाहरु!

कुकुर स्वभावैले घरमा सुरक्षाका लागि पाल्दै आएका घरपालुवा जनावर हो।  परापुर्वक काल देखि नै घरमा अनेक प्रकारका जनावरहरु पाल्ने प्रचलन रहेको छ त्यसैको फलस्वरूप हालसम्म पनि बिभिन्न पशुहरुलाई पनि एक निश्चित स्थानले राख्ने गरिन्छ ।

घरपालुवा जनावरले मानिसको जीवनमा एक अहम भूमिका समेत निर्वाह गर्दछ। यिनीहरु हाम्रा साथी मात्र नभई मानसिक सन्तुष्टिका एक अभिन्न स्रोत समेत हुन्।यसै सन्दर्भमा घर पालुवा जनावरको बारेमा कुरा गर्दा सबैभन्दा पहिला आउने नाम हो कुकुर।

यो सबैभन्दा इमान्दारी घरपालुवा जनावर हो। विभिन्न अध्ययन तथा डाक्टरहरुको भनाइ अनुसार घरमा कुकुर पल्नाले शारीरिक तथा मानसिक रुपमा मात्र नभई स्वस्थ्यमा समेत सकारात्मक असर पर्न जान्छ। के के रहेछन त घरमा कुकुर पाल्नुका फाइदाहरु? जानीराखौ:

रोगबाट छुटकारा

घरमा कुकुर पल्नाले शरीरमा लाग्ने अनेक प्रकारका रोगबाट समेत छुटकारा पाउन सकिन्छ ।  जब हामी घरमा कुकुर लिएर आउछौं तब कुकुरको साथ साथै त्यसका शरीरमा ब्याक्टेरिया त अवश्य हुन्छन नै त्यसैले गर्दा कुकुरको हेरचाह  गर्ने ध्यानमा हामीले आफ्नो स्वास्थ्यमा समेत उचित ख्याल गर्न थाल्छौ र अनेक  सम्भावित रोगहरुबाट बच्न सक्छौ।

एलर्जीबाट छुटकारा

एक अध्ययन अनुसार के कुरा साबित भएको छ भने कुकुर पाल्नाले बच्चामा हुने एलर्जीको समस्या समेत कम हुन्छ। यदि गर्भवती महिला भएको घरमा कुकुर पल्नाले आमा तथा गर्भमा भएको बच्चामा समेत एलर्जी हुने सम्भावित खतरा कम हुने गर्दछ।

ब्यायामका लागि

कुकुरलाई घरमा एकै ठाउँमा बाँधेर राख्नु हुदैन यसलाई कतै बाहिर घुम्न लैजाने गर्नाले कुकुरको साथमा आफ्नो स्वास्थ्यमा समेत प्रतिकुल प्रभाव पर्न जान्छ र स्वास्थ्य राम्रो रहीरहन्छ।

सामाजिक सम्बन्ध बढ्छ

जब कुनै पाल्तु जनावरलाई बाहिर घुम्न लगिन्छ तब अन्य बाहिरी मानिस संग चिनजान हुनका साथै आपसी मित्रता बढ्ने सम्भावना हुन्छ।

मानसिक तनाव कम गर्न सहयोग

भनिन्छ कुकुर हाम्रो राम्रो साथी हो। त्यसैले  यससंग खेल्नाले  तनाव कम हुनका मानसिक बोझ र कष्ट समेत कम हुन्छ।

मनमा खुसियाली छाउँछ

कुकुर पाल्ने मानिस नापल्नेको तुलनामा धेरै खुसि हुने गर्छन। घरपालुवा जनावर पाल्ने र त्यसको उचित हेरचाह गर्नाले शरीरमा अत्यधिक मात्रामा शक्ति प्राप्त हुन्छ। जसले गर्दा हामीलाई मनमा छुट्टै प्रकारको आनन्द मिल्छ।

स्वस्थ मुटु 

एक अध्ययन अनुसार घरमा कुकुर पाल्ने मानिसलाई मुटु संग सम्बन्धित रोगको खतरा कम हुने गर्दछ।  यसका साथै कुकुर पाल्नाले रक्तचाप हुनेहरुका लागि पनि फाइदा पुग्ने देखिन्छ।

क्यान्सर परिक्षक 

सुन्दा यो कुरा अपात्यरिलो लागेता पनि यो कुरा साचो हो कि कुकुरले सुँघेर कुनै पनि मानिसको शरीरमा क्यान्सर भए नभएको कुरा पत्ता लगाउन सक्ने क्षमता राख्दछ।

जिम्मेवारी बोध

भनिन्छ बच्चाले आफु  भन्दा ठुलाले जे काम गरेको देख्यो त्यहि काम गर्न चाहन्छ। त्यसैले यदि हामीले घरमा भएका घरपालुवा जनावरलाई राम्रो संग हेरविचार गर्ने गर्यौं भने ति साना साना बच्चामा पनि जिम्मेवारी बोधको भावना पैदा हुन्छ।

सुरक्षाको अनुभूति 

यदी घरमा कुकुर पालेको खण्डमा उसले कुनै पनि नौलो मान्छे देख्ना साथ भुक्न थाल्छ, जसले गर्दा घर मालिकलाई कुनै नोक्सान नपुग्ने र अधिक सुरक्षाको अनुभूति समेत हुन थाल्दछ।

एक्लोपन हट्छ

यदि घरका अन्य सदस्य नभएका र एक्लै बस्न परेको खण्डमा कुकुरले एक्लोपनको महसुश हुन दिदैन। जसले गर्दा यसलाई पाल्नाले घरको साथै आफ्नो पनि सुरक्षा गर्न मदत गर्दछ।

प्रकाशित : बुधबार, पुष २९, २०७७१७:२३

फलो गर्नुहोस् यो हेल्दी डाइट, रहनु हुनेछ तनाव मुक्त!