दुध पिउनु निकै फाईदाजनक रहेको छ। तर कमै मान्छेलाइ यो कुरा थाहा छ कि दुध र शखर पिउनाले अनुहार चमक बढ्छ। चमकदार छालाको लागि एक एक गिलास दूध शखरसँग पिउनुहोल। सही मात्रामा शखरको सेवन गर्नु निकै लाभकारी रहेको छ।दूधमा प्रोटीन र लेक्टिक एसिड पाईन्छ भने शखरमा आइरन र भिटामिन पाईन्छ।
थाहा पाउनुहोस् शखर र दूध पिउनुको फाईदा -:
सुन्दर छाला
शखर खानाले शरीरमा हेमोग्लोबिनको कमी रहदैन। यसकारण शरीरमा अक्सीजनको प्रवाह राम्रोसँग हुन्छ र जसकारण अनुहारमा चमक आउँछ। आफ्नो डाइटमा थोरै शखर पनि राख्नुहोला।
चमकदार स्किन
शखरमा आयरन र भिटामिन पाईन्छ जून स्किनको लागि निकै फाईदादायक हुन्छ। दैनिक शखर को सेवन गर्दा शरीरको हानिकारक टक्सिन्स बाहिर निक्लिन्छ जुनले छाला सफा हुन मदत्त गर्छ। साथै अनुहारमा चमक ल्याउँछ। शखरमा क्याल्शिय्म र फस्फोरस पनि पाईन्छ जुनले छालालाई पूरा पोषण दिन्छ। यसले अनुहारमा चाँया ,पोत्तो र डन्डीफोर जस्ता समस्यालाई कम गर्छ। तर ध्यान राख्नुहोला शखर खानाले अनुहारमा डन्डीफोर पनि आउन सक्छ।
डार्क सर्कल
डार्क सर्कलले कुनै पनि मान्छेको सुन्दरता खराब गर्छ। आँखाको तलको को घेरा जो कसैलाई पनि मनपर्दैन। शखर भएको दूध पिउँदा डार्क सर्कल पनि कम हुन्छ। यदि तपाई डार्क सर्कलबाट समस्यामा हुनुहुन्छ भने अहिले नै दुध र शखर खानुहोला।
अनुहार सुन्निन नदिनु
बिहान उठ्दा तपाईको अनुहार सुन्निएको हुन सक्छ अथवा तपाईको आँखा सुन्निएको पाउनुहुन्छ। त्यस्तो पाउनुभयो भने शखर र दुध पिउनुहोला। यसको सेवन गर्नाले अनुहार सुन्निएको कम हुन्छ। किनकी अनुहार सुन्निनुको कारण रगतको कमीको कारण हुन्छ। शखर खानाले यसको रगतको कमी हुन दिदैन।