पछिल्लो दशकको टप २० प्ले-मेकर घोषित, मेस्सी एक नम्बर !

बार्सिलोनाका कप्ताम लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट प्ले-मेकर घोषित भएका छन्।

द इन्टरलेशनल फेडेरेसन अफ फुटबल हिस्ट्री एण्ड स्ट्याटिक्स (IFFHS) ले प्ले-मेकरको भूमिकामा शीर्ष प्रदर्शनकर्ताको लागि वार्षिक पुरस्कार दिने गरेको छ। आइ.एफ.एफ.एच.एसले २०११ र २०२० को बीचमा अधिक उत्पादक खेलाडीको सुची निकालेको छ।

२०११ र २०२० बीच हरेक वर्षको वरियतालाई लिएर आइ.एफ.एफ.एच.एसले पूरा दशकको उत्कृष्ट प्ले-मेकरको सूची निकाल्यो। छ-पटकका ब्यालुन डी’ओर विजेता मेस्सी सूचीको शिर्ष स्थानमा पर्न सफल भएका छन्। २०१५, २०१७, २०१८ र २०१९ मा यस पुरस्कारका विजेता मेस्सीले समग्रमा १७४ अंक हासिल गर्न सफल भए।

मेस्सीपछि १२७ अंकका साथ दोस्रो स्थानमा मेस्सीका लामो समयको बार्सिलोना टिमका साथी आन्द्रेज इनिएस्टा छन् भने लुका मोड्रिक र केभिन डी ब्रुएन क्रमशः ११३ र १०३ अंकका साथ तेस्रो र चौंथो स्थानमा छन्।

यी हुन् पछिल्लो दशकका टप २० प्ले-मेकर

१. लियोनल मेस्सी- १७४ अंक

२. आन्द्रेज इनिएस्टा- १२७ अंक

३. लुका मोड्रिक- ११३ अंक

४. केभिन डी ब्रुएन- १०३ अंक

५. टोनी क्रुस- ९० अंक

६. एडेन हाजार्ड- ७७ अंक

७. नेइमार- ७१ अंक

८. मेसुट ओजिल- ६९ अंक

९. आन्द्रे पिर्लो- ६३ अंक

१०. याया टुरे- ६० अंक

११. जाभी हर्नानडेज- ५५ अंक

१२. क्रिस्टियानो रोनाल्डो- ५४ अंक

१३. डेभिड सिल्भा- ५२ अंक

१४. जेम्स रोड्रीगेज- ४२ अंक

 १५. बास्टियन स्वान्सटाइगर- ४० अंक

१६. क्रिस्टियन एरिकसन- ३८ अंक

१७. रियाद महारेज- ३८ अंक

१८. पल पोग्बा-३५ अंक

१९. थियागो अलकान्तारा- ३३ अंक

२०. इस्को- २५ अंक

प्रकाशित : बिहिबार, माघ ०१, २०७७०९:३६

के मेस्सीको २०१० को ब्यालुन डी ओर फुटबल इतिहासकै सबैभन्दा ठूलो चोरी थियो ?