तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान !

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नयाँ दिल्ली प्रस्तान गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली तीन दिने भारत भ्रमणका लागि भारत गएका हुन्।

नक्सा प्रकरणपछि चिसिएको सम्बन्धलाई सुधार गर्न पछिल्ला दिनमा भारत सकारात्मक देखिएको समयमा यस भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्वीपक्षीय सम्बन्धबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, उक्त बैठकमा व्यापार, ऊर्जा, लगानी, सीमा, कोभिड–१९, पूर्वाधार, कृषि, आपसी सम्पर्क, पर्यटन, संस्कृतिलगायतका विषयमा छलफल हुने बताइएको छ।

भ्रमणका क्रममा मन्त्री घाट गर्नेछन्। भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिवसहित उच्च सरकारी अधिकारीहरू समावेश प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका मन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतका उच्च पदाधिकारीहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। ज्ञवाली माघ ३ गते नेपाल फर्कनेछन्।

प्रकाशित : बिहिबार, माघ ०१, २०७७१२:२४

नेपालीले विकास गरेको योग नै अन्तरराष्ट्रियकरण भएको हो: प्रम ओली