प्रचण्डले पूर्वएमालेको विरालो बोकेर म्याउ गरेको मधेश बस्नेतको टिप्पणी !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली खेमाका नेता महेश बस्नेतले सूर्य चिन्ह माथि पुष्पकमल दाहाल प्रचण्डले दावी गर्न नमिल्ने बताएका छन्। बिहिबार विराटनगर पुगेका उनले सूर्य चिह्न माथि प्रचण्डले दावी गर्न नमिल्ने बताएका हुन्।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिह्न दावी गर्नु हाँस्यास्पद भएको बताए । केहि पूर्वएमालेको साथ पाउँदैमा प्रचण्डले सूर्य चिन्हमा आँखा लगाउन नमिल्ने नेता बस्नेतको भनाई छ।

प्रचण्डले सूर्य चिन्ह माथि दावी गरिरहेको विषयलाई पूर्वमन्त्री समेत रहेका बस्नेतले ‘उहाँ पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ’ भन्दै टिप्पणी गरे।

“प्रचण्डले सूर्य चिह्न दावी गर्नु हाँस्यास्पद छ।”,उनले भने,”उहाँ पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ”

यस्तै नेता बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले वैधानिक रुपमै संसद विघटन गरेको पनि बताएका छन्। ओलीले संविधानअनुसार नै संसद विघटन गरेको उनको जिकिर छ।

६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेको उल्लेख गर्दै उनले संसद पुनर्स्थापना नहुने जिकिर पनि गरे। ६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेकाले संसद पुनर्स्थापना गर्नु भनेको जनताको अभिमतको अपमान हुने उनको भनाई छ।

 

प्रकाशित : बिहिबार, माघ ०१, २०७७१५:१६

भाइरल ज्वरोका कारण विद्यालय बन्द