जग्गाधनीलाई थाहै नदिई मालपोतका कर्मचारीले जग्गा बेचिदिएपछि …

कर्णाली – जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भने, “पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।” प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिए ।

स्थानीयको मत जित्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएको झण्डै एक दशक पुग्न थाल्यो । यस प्रतिष्ठानले पश्चिम नेपालमा अब्बल स्वास्थ्य सेवा दिँदै आएको छ । विशेषत दुर्गममा विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विस्तारै गति लिन थालेको छ ।

स्थापनाको एक दशकको अवधिमा स्वास्थ्य सेवामा कर्णालीका पाँच र सुदूरपश्चिमका चार जिल्लाको प्रमुख भरोसा बनेको कर्णाली प्रतिष्ठानले गति लिन थालेपछि यहाँका सेवाग्राही पनि खुशी भएको बताउने गरेका छन् । विशेषज्ञ जनशक्तिसँगै अत्याधुनिक उपकरण र सेवा थप हुँदै गएपछि प्रतिष्ठानले पनि यहाँका स्थानीय सेवाग्राहीको मन जित्दै गएको हो ।

यस्तै लामो प्रतिक्षापछि कर्णाली प्रतिष्ठानले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (पिजी) अध्ययन शुरु गर्ने अनुमति पाएको छ । प्रतिष्ठानका निर्देशक डा मंगल रावलका अनुसार अब छिट्टै एमबीबीएस र स्नातक तहका कार्यक्रम पनि शुरु हुँदैछन् । कर्णाली प्रतिष्ठानमा ३०० शययाको अस्पताल पूर्णरुपमा सञ्चालनमै रहेको छ । सधैँ छ÷सात विशेषज्ञ र सात÷आठ जना मेडिकल अधिकृतको भरमा चलेको प्रतिष्ठानमा हाल ७०÷८० जना चिकित्सक कार्यरत छन् ।

निर्देशक डा.रावलका अनुसार चौबिसै घण्टा इमर्जेन्सी, रक्तसञ्चार सेवा, प्रयोगशाला, फार्मेसी, सिटी स्क्यानजस्ता महत्वपूर्ण सेवा विस्तार भएका छन् । दश शययाको आइसियू, १४ वटा भेन्टिलेटरसँगै एनआइसियू र पिआइसियु सेवासमेत शुरु भइसकेको छ । केही दिनमै हाइडिपेन्डेन्सी युनिट (एचडियू) बेडसमेत थपिँदैछ । अहिले सेवा विस्तारसँगै विगतको तुलनामा बिरामीको चाप पनि दोब्बर भएको उनले बताए। अस्पताल अहिले पूर्ण‘डिजिटल’ प्रणालीबाट सञ्चालन हुने गरेको बताइएको छ ।

माथिल्लो कर्णालीका पाँच जिल्लासहित बझाङ, बाजुरा, अछाम र जाजरकोटका जिल्ला अस्पतालले दिने सेवासमेत अहिले कर्णाली प्रतिष्ठानकै विशेषज्ञबाट सहयोग भइरहेको छ । दुर्गम जिल्ला मुगुदेखि कालिकोटको रासकोट, जुम्लाको सिंजा, दैलेखको राकममासमेत प्रतिष्ठानबाट खटिएका विशेषज्ञ एमडिजिपी चिकित्सकले सेवा दिइरहेका छन् । प्रतिष्ठानका चिकित्सकले पालैपालो यहाँका दुर्गम जिल्लामा पुगेर सेवा दिइरहेका छन् ।

समग्रमा कर्णाली प्रदेशका ३८ भिन्न ठाउँमा प्रतिष्ठानका चिकित्सकले सेवा दिइरहेका छन् । जारी कोरोना महामारीका समयमा पनि कर्णाली प्रतिष्ठानले पुर्याएको सेवा राष्ट्रिय तहमै उल्लेखनीय बन्यो । कुनैबेला एनपिएचएलपछि सबैभन्दा बढी नमूना परीक्षण कर्णाली प्रतिष्ठानमै भयो । गाउँगाउँमा क्वारेन्टिन बने र प्रतिष्ठानका चिकित्सकले त्यहीँ पुगेर सेवा पनि दिए । तीस हजारभन्दा बढीको नमूनाको पीसीआर परीक्षण यही प्रतिष्ठानको समन्वयबाट नै भयो । तीन सयभन्दा बढी सङ्क्रमितको प्रतिष्ठानबाट उपचार भयो । सम्भवत यस्तै सेवाको विस्तारको कारण पनि हुनसक्छ यहाँ कोरोनाजन्य मृत्यु पनि लगभग शून्य नै रह्यो ।

तत्कालीन काउन्सिल र अहिलेको चिकित्साशिक्षा आयोगका मापदण्डलगायतका कारणले प्रतिष्ठानमा एमबीबीएस सञ्चालन ढिला भएको छ । आयोगसँग समन्वय गरी शैक्षिक कार्यक्रमको विस्तारमा लागेको प्रतिषठनले पिजीमा बालरोग, एनेस्थेसिया र एमडिजिपीमा पढाउने अनुमति पाएको छ ।

अस्पतालका शयया, वेसिक साइन्स भवन, होस्टल, जग्गासहित फ्याकल्टी पनि थपिएका कारण अब छिट्टै एमबीबीएस पढाई शुरु हुने उनले बताए। थप स्त्री तथा प्रसूति रोग, अर्थोसर्जरीमा पिजी शुरु गर्ने अनुमतिका लागि प्रस्तावसमेत बनाएर पेश गरिएको छ । एमबीबीएसका लागि पनि आवेदन दिइएको छ ।

प्रतिष्ठान ऐनअनुसार पठनपठान शुरु हुँदा एमबीबीएसमा कर्णालीका नौ जिल्लाका विद्यार्थीलाई चिकित्सा शिक्षामा ४५ प्रतिशत आरक्षण छ । यसले गर्दा कर्णालीका विद्यार्थीले पढ्ने अवसर पाउने मात्रै होइन पढाइपछि सम्बन्धित जिल्ला र पालिकामै गएर सेवा गर्ने हुँदा यसले समग्र कर्णालीको स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि गरिएको छ ।

प्रकाशित : बिहिबार, माघ ०१, २०७७१७:१२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि अर्को आपत !