पाँच जनालाई नयाँ जीवन दिएर बिदा भइन् २० महिनाकी बालिका !

एजेन्सी – मात्रै २० महिनाकी एक बालिका विश्वकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन् । भारतको दिल्ली स्थित रोहिणीकी धनिष्ठा विश्वकै कान्छी अंगदाता बनेकी हुन्।

दुर्घटनामा परी गम्भीर घाइते भएकी धनिष्ठाको मुटु, कलेजो, मृगौला र आँखाका दुवै कर्निया दान गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

उपचारका क्रममा डाक्टरहरुले ब्रेन डेड घोषणा गरेपछि बालिकाका मातापिताले उनका अंग दान गर्ने निर्णय गरेका हुन्। छोरी बाँच्ने कुनै सम्भावना नभएपछि अङ्ग दान गर्ने निर्णयमा पुगेको बालिकाको माता-पिताको भनाई छ।

खास के भएको हो ?

भारतीय संचार माध्यमहरुका अनुसार धनिष्ठा ८ जनवरीमा खेल्दै गर्दा घरको पहिलो तलाको बाल्कोनीबाट खसेकी थिइन् । जसलगतै उनलाई सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालमा उनको उपचार त गरियो, तर उनको होश भने खुल्न सकेन। अन्ततः ११ जनवरीका दिन उनलाई ब्रेन डेड घोषित गरियो । जसपश्चात उनका माता-पिताले अन्य बाल-बालिकाहरुलाई अङ्ग दान गर्ने निर्णय गरे।

छोरीको उपचार चल्दै गर्दा अस्पतालमा आफ्ना बच्चाको ज्यान बचाउन अङ्ग आवश्यकता भएका अभिभाव भेटेको र त्यसले आफूहरुलाई छोरीको अङ्ग दान गर्न प्रेरित गरेको धनिष्ठाका पिता आशिष कुमार बताउँछन्। छोरी आफ्नो साथमा नभए पनि अङ्ग प्रत्यारोपण गरिएका बाल-बालिकाहरुमा जीवित रहने उनको विश्वास छ।

“छोरीलाई गाड्नुको सट्टा हामीले उनको शरीर दान गर्ने निर्णय गर्यौं । अरु नभएपनि हाम्री छोरी अब उनीहरुमा जीवित छिन् भन्ने सन्तुष्टि ट मिल्छ भनेर हामीले यस्तो निर्णय गरेका हौँ ।”,उनले एक भारतीय संचार माध्यमसँग कुरा गर्दै भनेका छन्।

प्रकाशित : शुक्रबार, माघ ०२, २०७७१२:०५

आइसक्रीममा समेत कोरोना भेटियो, अनुसन्धानकर्ताहरु चकित !