भोलि माघ ३ गते शनिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक कार्यमा संलग्न भइनेछ। परिवारका सदस्यसँग आनन्दमय समय बित्नेछ। मित्रहरुको लागि धन खर्च हुनेछ र त्यसबाट लाभ पनि मिल्नेछ। सरकारी कार्यमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आयका स्रोत बढ्नेछन्। आकस्मिक धन लाभ मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नयाँ कार्य प्रारम्भ गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्ने सम्भावना उच्च छ। पदोन्नतीको योग रहेको छ। निर्धारित कार्य सरलताका साथ पूरा हुनेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। रोकिएका कार्य पूरा हुनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्यक्षेत्रमा प्रतिकूल परिस्थिति रहनाले कार्य सफलता मिल्न विलम्ब हुनसक्छ। शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीको नकारात्मक व्यवहार रहन सक्छ। नयाँ कार्य सुरु गर्नको लागि दिन उत्तम छैन। सन्तानका साथ मदभेद हुनसक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। खानपानमा विशेष ध्यान दिन जरूरी देखिन्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। क्रोध तथा वाणीमा संयम राख्नुहोस्। परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। आर्थिक पक्ष कमजोर रहन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दाम्पत्य जीवनमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। जीवनसाथीको स्वास्थ्य चिन्ताको विषय बन्नेछ। सार्वजनिक जीवनमा अपयश वा स्वाभिमान भंग हुने सम्भावना रहेको छ। विपरित लिंगीसँगको भेटले मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा सहकर्मीसँग मदभेद हुनसक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानिसक स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा विशेष लाभ मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। कार्यक्षेत्रमा सहकर्मीको भरपूर साथ सहयोग मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बौद्धिक तथा सिजनात्मक क्षेत्रमा मन लाग्नेछ। सन्तानको प्रगतिले मन प्रशन्न रहनेछ। प्रिय व्यक्तिसँगको भेट रमणीय हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। अधिक बिचारले मन विचलित रहनेछ। परिवारमा नकारात्मक वातावरण रहला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव गर्नुहुनेछ। कुनै न कुनै कुराको चिन्ता तपाईंको मनमा रहनेछ। परिवारमा नकारात्मक वातावरण रहनेछ। आफन्तसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। आमाको स्वास्थ्यको विशेष ख्याल राख्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। मित्र तथा आफन्तको आगमनले परिवारमा सुखमय वातावरण रहनेछ। छोटो यात्राको योग रहेको छ। धन लाभ मिल्ने सम्भावना छ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। प्रिय व्यक्तिसँग भेटघाट हुने सम्भावना छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

वाणी तथा क्रोधमा संयम राख्न जरूरी देखिन्छ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ, सजग रहनुहोला। आर्थिक लाभ मिल्ने सम्भावना उच्च छ। स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ, विशेषगरी आँखाको समस्याले सताउन सक्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक रूपले यस दिन तपाईंको स्वास्थ्य प्रतिकूल रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। आर्थिक दृष्टिकोणले दिन अत्यन्त शुभ रहनेछ। अध्यात्म र चिन्तनमा रुचि बढ्नेछ। रमणीय यात्राको सम्भावना छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आर्थिक आयोजना तथा पूँजी निवेश गर्दा विशेष ध्यान राख्न जरूरी देखिन्छ। धार्मिक कार्यहरूको लागि खर्च हुनेछ। मित्रहरु तथा स्वजनहरुसँग मदभेद हुनसक्छ। स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा समय खास नरहला। पारिवारिक वातावरण सुख-शान्तिमय रहनेछ।

प्रकाशित : शुक्रबार, माघ ०२, २०७७१७:५२

आज माघ ३ गते शनिबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् आजको दैनिक राशिफल !