काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अहिले विभाजित अवस्थामा छन्। आधिकारिक रुपमा पार्टी विभाजित नभएपनि अनौपचारिक रुपमा भने नेकपा दुई खेमामा बाँडिएको छ।
नेकपाका दुई खेमा केपी शर्मा ओली पक्ष र प्रचण्ड-नेपाल पक्ष यति बेला आफ्नो-आफ्नो रणनीति बनाइरहेका छन्। पार्टीको वैधानिकता र सूर्य चिन्हको विषयमा समेत विवाद देखिएपछि दुवै पक्ष निर्वाचन आयोग पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतीले संसद विघटन गरेपछि नेकपा स्पष्ट रुपमा विभाजित भएको थियो। जसलगतै प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरुले राजिनामा दिएका थिए। मन्त्री पदबाट राजिनामा दिएकाहरु यति बेला फुर्सदमा छन्। राजिनामा दिने मन्त्रीहरु पार्टीकै सभा-कार्यक्रमहरुमा व्यस्त छन्।
यसै बीच राजिनामा दिने मध्येकै एक रहेकी बिना मगर यति बेला पहिला भन्दा फुर्सदिली भएकी छन्। पार्टीको कार्यक्रमहरुमा सहभागी हुनुको अलावा उनी परिवारलाई पनि राम्रै समय दिरहेकी छन्।
फुर्सदको समय आफ्नो परिवारसँग बिताइरहेको एक तस्विर मगरले सामाजिक संजालमा पनि पोस्ट गरेकी छन्। मगरले सार्वजनिक गरेको तस्विरमा दुई छोरा र भाञ्जी समेत देखिएका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी समेत रहेकी मगरले तस्विर सार्वजनिक गर्दै लेखेकी छन्,”हामी पनि यता छौं है !”
हामी पनि यता छौ है
Posted by Bina Magar on Thursday, January 14, 2021