यी फलफूलको फल मात्र नभई बोक्रा पनि हुन्छ अत्यन्त लाभदायक !

फलफूलको सेवन स्वास्थ्यको लागि अत्यन्त लाभकारी हुन्छ। कतिपय फलफूलहरु फलको साथसाथै बोक्रा पनि अत्यन्त फाइदाजनक हुन्छन्। फलफूलका बोक्रा छालालाई स्वस्थ राख्न प्रयोग गर्न सकिन्छ। धेरै फलफूलको बोक्रा प्रयोग गरेर छालामा निखार ल्याउन सकिन्छ। आज हामी तपाईंलाई छाला सुधार गर्न कुन फलहरू प्रयोग गर्न सकिन्छ भन्ने बारेमा बताउँछौं। यी फलका बोक्राको प्रयोग गरेर तपाईंको छाला चम्किलो बनाउन सक्नुहुन्छ।

स्याउ

 

स्याउको बोक्रा छालाका लागि धेरै फाइदाजनक हुन्छ। छाला सुरक्षित राख्न स्याउको पाउडर बनाउनुहोस् र यस पाउडरलाई ओट्स वा दहीमा मिलाएर उक्त मिश्रण अनुहारमा लगाउनुहोस्। यो मिश्रण अनुहारमा लगाउनाले छालामा सुधार आउँछ।

सुन्तला 

छालालाई स्वस्थ राख्न तपाईं सुन्तलाको बोक्रा पनि प्रयोग गर्न सक्नुहुन्छ। छालालाई चम्किलो बनाउन सुन्तलाको बोक्रा सुकाउनुहोस् र त्यसपछि यसको पाउडर बनाउनुहोस्। यस पाउडरमा दही मिलाएर फेस प्याक तयार गर्नुहोस्। अब यो मिश्रण तपाईंको अनुहारमा लगाउनुहोस्।

मेवा

मेवाको बोक्रा छालाका लागि धेरै फाइदाजनक हुन्छ। छालालाई स्वस्थ राख्नको लागि मेवाको बोक्रा पिस्नुहोस् र यसमा कागती मिक्स गर्नुहोस् र यो मिश्रण अनुहारमा लगाउनुहोस्। यो मिश्रण अनुहारमा लगाएर छाला सम्बन्धि समस्याहरूलाई कम गर्न सकिन्छ।

केरा

केरामा म्याग्नेशियम र पोटाशियम हुन्छ जुन छालाका लागि धेरै फाइदाजनक हुन्छ। छाला सुधार गर्न अनुहारमा केराको बोक्रा लगाउनुहोस्।

प्रकाशित : शनिबार, माघ ०३, २०७७१८:४४

जाडोमा ओठलाई फुस्रो नबनाई यसरी लगाउनुहोस म्याट लिपस्टिक!