एजेन्सी, आधुनिक जीवनमा आफूलाई फिट र स्लिम राख्नको कारण निकै मानिस घिउको प्रयोगबाट टाढा रहन्छन् । यदि तपाइ पनि ति मध्ये एक हुनुहुन्छ भने अब आफ्नो लाइफस्टाइलमा घिउ प्रयोग गर्ने समय आएको छ । कमै मात्र मानिस जान्छन् कि घिउको निकै फाइदा पनि छ । तपाइ यो जानेर हैरान हुनुहुन्छ कि चिसो मौसममा घिउको प्रयोगले तपाइको स्किनको निकै समस्याहरुबाट राहत पाउन सक्नुहुन्छ ।
आउनुहोस् जानौँ कसरी:
१. यदि तपाइको स्किन ड्राई छ भने घिउ तपाइँको समस्याको हल हुन सक्छ । ड्राई स्किनबाट राहत पाउनको लागि घिउको केहि मात्र लिएर स्किनमा केहि मिनेट सम्म मालिस गर्नुहोस् । यसले स्किन सफ्ट र कोमल बन्नेछ ।
२. घिउलाई खारेर खाँदा त्यसले स्वाद त बढाउँछ नै साथमा तपाइको स्किनलाई लामो समयसम्म जवान राख्न मद्दत गर्दछ । वास्तवमा, घिउमा भिटामिन ई पाइन्छ, जसले स्किनको रिङ्कल हटाउँछ ।
३. यदि तपाइँको आँखाको मुनि डार्क सर्कल्स अधिक देखिन थालेको छ भने चिन्ता नलिनुहोस् । त्यसो त आफ्नो आँखाको चारै तिर घिउले मसाज गर्नुहोस् । यसले डार्क सर्कल्स कम हुन्छ । तर ध्यान राख्नुहोस् कि घिउ आँखा भित्र न जाओस् ।
४. घिउले लिप बामको काम गर्छ । निकै मानिस आफ्नो ओठमा घिउ लगाउँछन् । यसले ओठ गुलाबी हुनुको साथ सफ्ट पनि रहन्छ ।
५. कोमल र मुलायम स्किनको लागि नुहाए पश्चात मोस्टराइजरको साटो केहि मात्रमा घिउले शरीरमा मालिस गर्न सक्नु हुन्छ ।