बृहस्पति १७ जनवरीको साँझ ६ बजे मकर राशिमा गोचर गरेर अस्त हुदैछ । यो पुन १४ फेब्रुअरीको राति करिब १२ बजे पुर्वमा उदय हुनेछ। कुनै पनि ग्रहको अस्त हुनुको अर्थ यसको शान्त वा तीव्र हीनता हो । त्यसैले अस्त ग्रह मानिसको जीवनमा कहिल्यै पनि आफ्नो पूर्ण प्रभाव दिनमा असमर्थ रहनेछ, किनकि यसको शक्ति हराउने गर्छ।
गुरु जब पनि अस्त हुने गर्छ तब मानिसमा यसको सिधा असर पर्छ। धार्मिक गुरु, कथावाचक, शिक्षाविद, ब्राह्मण, तथा यज्ञ कर्ताहरुको लागि गुरुको अस्त हुनु शुभ हुदैन।
यी ४ राशीमा पर्नेछ यस्तो प्रभाव:
मेष राशि
मेष राशिबाट दशम कर्म भावमा अस्त हुदा बृहस्पतिले कार्य, व्यापारमा केहि शिथिलता ल्याउनेछ। निर्णय लिन पनि तपाई कहिँ न कहिँ भ्रमित रहनुहुनेछ। भाग्योदयमा थोरै बाधाको साथ जागिरमा पदोन्नति र स्थान परिवर्तनको योग पनि केहि समयको लागि रोकिन सक्छ। तपाईको राशि स्वामी मंगलको गोचर उत्तम छ कामको हिसाबले समय त्यति खराब हुनेछैन। निर्णय लिन धेरै ढिला नगर्नुहोस्।
वृष राशि
राशीबाट भाग्यमा अस्त भएको बृहस्पति तपाइको लागि धेरै हानिकारक हुँदैन। तर तपाइको राशीको लागि कहिँ न कहिँ घातक बनेर समस्या बन्न सक्छ। कार्य व्यापारमा उन्नति तथा सन्तान सम्बन्धि चिन्ता टाढा हुनेछ। भाग्यमा आउने बाधा टाढा हुनेछ। सुर्य र बुधको सकारात्मक शुभ प्रभाव सफलताको दृष्टिबाट राम्रो रहनेछ।
मिथुन राशि
मिथुन राशिको लागि बृहस्पतिको अस्त हुदा निकै ठुलो राहत पुग्नेछ। किनकि यो तपाइको लागि शुभ रहनेछ । कार्यलयमा चलिरहेको ष-ड्यंत्र समाप्त हुनेछ र शत्रुहरू पराजित हुनेछन्। स्वास्थ्यमा पनि छिट्टै सुधार हुनेछ। व्यापारको क्षेत्रमा आउने बाधा टाढा हुनेछ।
कर्कट राशि
राशिबाट सप्तम भावमा गुरुको अस्त हुदा तपाइको लागि फलदायी रहनेछ। किनकि यो शत्रु भावको स्वामी हो। शत्रु परास्त हुनेछ। अदालतको मामिलामा सफलता मिल्नेछ मिल्नेछ । त्यस्तै दोस्रोतर्फ भाग्य उन्नतिमा बाधा आउनसक्छ। व्यापारमा पनि यसको असर सजिलै देख्न सकिन्छ। स्वास्थ्य उत्तम रहनेछ।